जीवन ज्योति स्कुलद्वारा spelling प्रतियोगिता सम्पन्न! बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवनज्योति बोर्डिङ स्कुलले आइतबार इन्फोटेक क...

जीवन ज्योति स्कुलद्वारा spelling प्रतियोगिता सम्पन्न! बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवनज्योति बोर्डिङ स्कुलले आइतबार इन्फोटेक कलेजको सभा हलमा spelling प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ। जीवन ज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल शिवजी गुप्ताको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यमा spelling प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रमुख जिल्लाधिकारी दाहालले विद्यार्थीहरूको क्षमता प्रदर्शन गर्ने एउटा माध्यम यो पनि एउटा रहेकोले यस्ता कार्यक्रमहरू आयोजना गर्नु अति आवश्यक रहेको धारणा राख्नुभएको थियो।
उनले भने यस्ता कार्यक्रमहरू आयोजना गर्नाले विद्यार्थीहरूमा चौतर्फिक विकासहरू बढ्ने र आफ्ना दिमागहरुलाई पनि चलायमान गर्न सहयोग पुग्ने भएकोले यस्ता कार्यक्रमहरू अन्य विद्यालयहरुले पनि गर्न अति महत्वपूर्ण रहेको धारणा राख्दै आज यस प्रतियोगितामा सहभागी भएका सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई बधाईका पात्र हुन् भनेर बताएका थिए। प्रमुख जिल्ला अधिकारी दाहालले प्रतियोगितामा प्रथम द्वितीय तृतीय नभए पनि यस्ता कार्यक्रममा सहभागिता हुन पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै यसले आफूमा लुकेका प्रतिभाहरुलाई उजागर गर्ने थलोको माध्यम भएको बताएका छन्। कार्यक्रममा प्याप्सन मधेस प्रदेशका उपाध्यक्ष एवं मनकामना माविका प्रिन्सिपल पुरन प्रधान हिसानका उपाध्यक्ष एवं sunलाइटमाविका प्रिन्सिपल आलोक चौरसिया new wap माभिका प्रिन्सिपल सुभाष प्रधान विद्या सदन माविका प्रिन्सिपल लालबहादुर गुरुङ जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक जीवन ज्योति बोर्डिङ स्कुलका सञ्चालिका मिनाक्षी गुप्ता प्याप्सनका मधेस प्रदेशका सल्लाहकार एवं मिनील्यान्ड बोर्डिङ स्कुलका संस्थापक लालबाबु पटेल तथा प्याप्सन महानगर कोषाध्यक्ष एवं मिनील्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल सुरज बाबु पटेल जीवन ज्योति बोर्डिङ स्कुलका सञ्चालिका कामाक्षा गुप्ता लगायतको उपस्थिति रहेको थियो। spelling प्रतियोगिता कार्यक्रममा ११ वटा बोर्डिङ स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम द्वितीय तृतीय विजेताहरुलाई सेल मेडल तथा प्रमाणपत्रले सम्मानित गरिएको जीवनज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल शिवजी गुप्ताले जानकारी दिनुभएको छ।



























COMMENTS