विश्व वातावरण दिवसमा रोयल किड्स मोन्टेसरी डे- केयर सेन्टर बालबालिकाहरूले उत्साहपूर्वक मनायो
रोयल किड्स मोन्टेसरी एण्ड डे–केयर सेन्टर, अशोक वाटिका–१०, वीरगञ्जमा विश्व वातावरण दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएका छन्। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयका साना बालबालिकाहरूको सक्रिय सहभागितामा विशेष कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका क्रममा विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी आकर्षक चित्रकला, सिर्जनात्मक प्रस्तुति तथा सन्देशमूलक गतिविधिहरू प्रदर्शन गरेका थिए। बालबालिकाले “रुख रोपौं, वातावरण जोगाऔं” तथा “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देश प्रवाह गर्दै पृथ्वी र प्रकृतिको संरक्षणमा सबैको साझा दायित्व रहेको धारणा व्यक्त गरेका थिए।
विद्यालयकी उप–प्रधानाध्यापक रुचिका कुमारीले वातावरणीय सन्तुलन कायम राख्न सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको माया र संरक्षणको भावना विकास गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताइन्। उनले वातावरण संरक्षणका लागि वृक्षारोपण, सरसफाइ तथा प्लास्टिकजन्य फोहोरको न्यून प्रयोग गर्न सबैलाई आग्रह गरिन्।
विद्यालय परिवारले यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमहरू मार्फत विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको सचेतना अभिवृद्धि गर्दै आइरहेको जनाएको छ। कार्यक्रमले बालबालिकाहरूमा प्रकृतिप्रतिको प्रेम, संरक्षणको भावना तथा वातावरणीय जिम्मेवारीको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालय प्रशासनले विश्वास व्यक्त गरेको छ। रोयल किड्स मोन्टेसरी एण्ड डे–केयर सेन्टरका उप–प्रधानाध्यापक : रुचिका कुमारीले जानकारी दिएकी छिन्






COMMENTS