हरि खेतान बहुमुखि क्याम्पसका विद्यार्थीहरुले नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत बीरगंज भन्सार कार्यालय विभागमा संचालन गरिएको टाइम रिलिज स्टडी (TRS) टीआर एस वास्तविक सर्वेक्षणमा 22 गते देखि 28 गते सम्म सहभागी भएका विद्यार्थीहरुलाई बीरगंज भन्सार कार्यालयका प्रमुख काजी बाबु कोइरालाले प्रमामपत्र वितरण गर्नु भएको छ! हरिखेतान बहुमुखि क्याम्पसका बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष डा रामऔतार खेतानको अध्यक्षतामा समापन समारोहमा प्रमुख अतिथि कोइरालाले हरिखेतान बहुमुखि क्याम्पसका विद्यार्थीहरुले भाग लिएर आफ्नो सुवर्ण अवसर पाएकोमा क्याम्पस परिवारलाई बधाई तथा धन्यवादका पात्र भएको धारण राख्नु भएको थियो! बीरगंज भन्सार कार्यालय हरेक देश संग जोडीएको कार्यालय भएको भन्सार कार्यालयमा संचालन गरिएको टाइम रिलिज स्टडी TRS र टीआर एस वास्तविक सर्वीक्षण के कति समय लाग्ने भन्ने बारेमा जानकारी पाउनु सबै भन्दा ठुलो उपलब्धि रहेको धारण राख्नु भएको थियो उहाँले सबै विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गदै शुभकामना दिनु भएको छ! बीरगंज भन्सार कार्यालय द्वारा प्रमाणित गरिन्छ कि सुश्री मुस्कान सिंह, हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्जकी विद्यार्थी, वीरगञ्ज भन्सार कार्यालयमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (TRS) अन्तर्गत निम्न गतिविधिमा गणनाकर्ता (Enumerator) का रूपमा सहभागी भएकी थिइन्।क) टीआरएस वास्तविक सर्वेक्षण (TRS Actual Survey):२०८२ साल चैत २२ गतेदेखि २८ गतेसम्म (५–११ अप्रिल २०२६)
सर्वेक्षण २० जना विद्यार्थीहरूले आफ्नो जिम्मेवारी तथा तोकिएका कार्यहरू सम्पादन गर्न मेहनती, इमानदार तथा समर्पित उहाँको भावी जीवन तथा आगामी प्रयासहरूको सफलताको कामना गर्दछौं भनेर शाखा अधिकृत रमेश सुकमानी हस्ताक्षर गरेको प्रमाणपत्र आज एक समारोहको बीच वीरगञ्ज भन्सार कार्यालयका प्रमुख काजीबाबु कोइरालाले हस्तान्तरण गर्नु भएको छ
कार्यक्रमा बीरगंज भन्सार कार्यालय लेखनाथ भट्टराई बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष एवं हरि बहुमुखी क्याम्पसका बिद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हरि गौतम जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की व्यवस्थापन समितिका सल्लाहकार जय प्रकाश खेतान लगायतले शुभकामना एवं आआफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार रोंगटा रतनटेमानी अशोक तुलसी्यान आलोचन दत्त लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक रामप्रसाद चापागाईंले गर्नुभएको थियो।





















COMMENTS