रोटरी क्लब अफ वीरगञ्जको 39 औ पदस्थापन समारोह भव्य रूपमा सम्पन्न विभिन्न समाजिक कार्यमा उल्लेखनिय योगदान!वीरगञ्ज, साउन १०। रोटरी क्लब अफ वीर...
रोटरी क्लब अफ वीरगञ्जको 39 औ पदस्थापन समारोह भव्य रूपमा सम्पन्न विभिन्न समाजिक कार्यमा उल्लेखनिय योगदान!वीरगञ्ज, साउन १०। रोटरी क्लब अफ वीरगञ्जको 39 औ पदस्थापन (इन्स्टलेसन) कार्यक्रम स्थानीय होटेल भिसुवामा भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला तथा अन्तर्राष्ट्रिय रोटरीका विशिष्ट पदाधिकारी, विभिन्न रोटरी क्लबका अध्यक्षहरू, रोटर्याक्टका प्रतिनिधि तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा रोटरी क्लब अफ बीरगंजका अध्यक्ष मिश्राले प्रमुख अतिथि जिल्ला गभर्नर रोटेरियन रुन विष्णु कर्की पीडीजी रोटेरियन बिन्दु सिंह, पीडीजी रोटेरियन सञ्जय गिरी, एजी रोटेरियन विष्णु पुरी, डीजीई प्रो. डा. टी.पी. ढकाल, डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटेरियन अमित गिरी, रोटेरियन कुमुद त्रिपाठी, रोटेरियन रामप्रसाद शर्मा, बीआईसीसीआईका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, लगायतलाई फुलको गुछाले स्वागत तथा मायाको चिनोले सम्मानित गर्नु भएको थियो। कार्यक्रममा स्वागत तथा सम्मान कार्यक्रमा मिश्रले विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरेको आफ्नो प्रतिवेदनमा प्रस्तुति गर्नु भएको थियो! उनले आफ्नो प्रस्तुतिमा पेस गरे अनुसार पर्सा जिल्लामा शिक्षा स्वास्थ्य खेलकुद विद्यार्थीहरुका लागि सहुलियत शिक्षा प्रदान गर्नुको साथै अन्य क्षेत्रमा समेत काम धेरै उपलब्धि गरेको चर्चा गरिएको थियो!























कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका महिला सदस्यहरूले उपस्थित विशिष्ट अतिथिहरूलाई खादा तथा फूलगुच्छा अर्पण गरी सम्मान गरेका थिए। साथै वीरगञ्ज मेट्रोपोलिस, बेतिया, मोतिहारी, मोतिहारी लेकटाउन, हेटौंडा, बर्दिवास लगायत विभिन्न रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिमण्डलको पनि सम्मानपूर्वक स्वागत गरिएको थियो।कार्यक्रममा रोटरीको सेवा, नेतृत्व, मित्रता तथा सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै आगामी वर्षमा शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण तथा सामुदायिक सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएका हुन। कार्यक्रमको सहजीकरण रोटरी क्लब बीरगंजका पुर्व अध्यक्ष अभिषेक चौधरी र इन्ट्रयाक क्लब ज्ञान्दा एकेण्डमीका अध्यक्ष युवराज चौधरीले गर्नु भएको थियो!
































COMMENTS