प्रदेश सरकारद्वारा ठाकुराम बहुमुखी क्याम्पसको खेल मैदान स्तरोन्नतिका लागि रु. २५ लाख बजेट विनियोजन
वीरगञ्ज, पर्सा। मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित मधेशकै ऐतिहासिक तथा त्रिभुवन विश्वविद्यालय भन्दा जेठो क्याम्पसका रूपमा परिचित ठाकुराम बहुमुखी क्याम्पसका खेल पूर्वाधार विकासका लागि रु. २५ लाख बजेट विनियोजन गरिएको छ।खेलकुद तथा समाजकल्याण मन्त्रालयअन्तर्गत खेलकुद मन्त्रालयका सचिव श्री सुशील साहको विशेष अग्रसरता र पहलमा थाकुरराम गर्ल्स होस्टेलको खेल मैदान तथा थाकुरराम शिक्षा सङ्कायको खेल मैदानको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो।
यस बजेटले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको खेलकुद गतिविधि विस्तार, खेल पूर्वाधारको विकास तथा समग्र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
यस महत्त्वपूर्ण पहल तथा बजेट विनियोजनका लागि खेलकुद मन्त्रालयका सचिव श्री सुशील साहप्रति क्याम्पस परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीदाहरुले आभार व्यक्त गरेका छन्।

COMMENTS