$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बालबालिका खेल्ने पार्कभित्र हुक्का बार: कार्यवाहक नगरप्रमुख आलमको कडा एक्सन

लामो समयदेखि  बालबालिका खेल्ने पार्कभित्र  हुक्का बार: कार्यवाहक नगरप्रमुख आलमको action छापा, सामग्री बरामत गर्नुका साथै अब कडा एक्सनमा जाने...



लामो समयदेखि  बालबालिका खेल्ने पार्कभित्र  हुक्का बार: कार्यवाहक नगरप्रमुख आलमको action छापा, सामग्री बरामत गर्नुका साथै अब कडा एक्सनमा जाने निर्देशन दिएको छ।

वीरगन्ज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र संचालित होटलमा आकस्मिक छापा मारी ठुलो परिमाणमा अवैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा बुधबार वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) भित्र संचालित 'दियास हस्पिटालिटी प्रा. लि.' मा महानगरको अनुगमन टोलीले छापा मारेको हो।

कार्यवाहक प्रमुख आलमको अग्रसरतामा नगर प्रहरी, महानगरको अनुगमन टोली र स्थानीय साक्षीहरूको रोहवरमा उक्त क्याफे/होटलको स्टोरमा खानतलासी गरिएको थियो। दिपिका क्षेत्री प्रोप्राइटर रहेको उक्त फर्मको स्टोरमा लुकाइराखेको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ थान हुक्का स्ट्यान्ड र १७ प्याकेट विभिन्न फ्लेवरका हुक्का तथा सुर्तीजन्य पदार्थहरू फेला परेपछि टोलीले तिनलाई नियन्त्रणमा लिएको छ।

पार्कभित्रै अवैध सुर्तीजन्य पदार्थ र हुक्का फेला परेपछि वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले आक्रोश र गम्भीर चासो व्यक्त गर्नुभएको छ। पार्कजस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधि हुनु निन्दनीय भएको बताउँदै कार्यवाहक प्रमुख आलमले बालबालिकाहरूको स्वास्थ्य र उनीहरुकै मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र यस्ता अवैध र घातक पदार्थहरूको कारोबार हुनु सह्य नभएको उल्लेख गर्नुभयो। उहाँले बालबालिकाको भविष्य र स्वास्थ्यमाथि खेलबाड गर्ने जुनसुकै व्यवसाय वा व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने दृढता समेत व्यक्त गर्नुभयो।

महानगरपालिकाका अधिकृत तथा नगर प्रहरी टोलीले उक्त सामग्रीहरू जफत गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ। अनुगमन टोलीका अनुसार उक्त व्यवसायको दर्ता र नवीकरणको स्थिति ठीक रहेको पाइए तापनि प्रतिबन्धित एवं सार्वजनिक पार्क क्षेत्रभित्र सुर्तीजन्य र हुक्काजन्य पदार्थ भण्डारण तथा बिक्री-वितरण गरेको पाइएकाले कानुनी घेरामा ल्याइएको हो। महानगरपालिकाले आगामी दिनमा पनि पार्क, विद्यालय तथा सार्वजनिक क्षेत्र वरपर हुने यस्ता गैरकानुनी गतिविधि रोक्न बजार अनुगमनलाई थप तीव्र र निर्मम बनाउने प्रतिबद्धता जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content