जानकी बोर्डिङ स्कुलका विद्यार्थीहरूको परिषद् सम्पन्न निर्वाचित भएका हेडगर्ल हेडबाय तथा हाउस क्याप्टेनहरूको सपथ ग्रहण सम्पन्न!
बीरगंज महानगरपालिका वडा नम्बर ३ आदर्श टोलमा रहेको जानकी सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूको परिषद् सम्पन्न! अभिभावक जितेन्द्रप्रसाद यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अभिभावक जितेन्द्रप्रसाद यादवले विद्यालयको नीति नियमहरूलाई पालना गर्दै इमानदारीका साथ अगाडि बढ्न सुझाव दिनुभएको छ २०८३ सालका लागि नवनिर्वाचित भएका हेड girl हेड boy house क्याप्टेनहरू तथा अनुशासन प्रमुखहरूलाई सपथ ग्रहण गराइएको हो सभापति यादवले विद्यार्थीहरूको सबैभन्दा उत्तम गुण नै विश्वास इमान्दारिता हुनुपर्ने धारणा राख्दै आजबाट आफ्नो जोजसले आआफ्नो जिम्मेवारी पाउनुभएको छ इमानदारीका साथ निभाउन सुझाव दिँदै अगाडि बढ्न आग्रह गर्नुभएको थियो।
विद्यालयले विद्यार्थीहरूको हक हितका लागि गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त गर्दै आइरहेको र विद्यालयको नीति नियमहरूलाई व्यवहारमा उतार्न यो नेतृत्वदायी अर्थात् जिम्मेवारी पूरा गर्ने उद्देश्यले यसरी लिडरशिपहरु तयार गर्नु भनेको भविष्यमा यही नियमहरू आफ्नो जीवनमा पालना गर्दै समाज र राष्ट्रका निम्ति कार्यान्वयन गर्नमा ठूलो मद्दत पुग्ने यादवको धारणा रहेको छ। परिषद् बाट निर्वाचित भएका प्रिफेक्ट आदित्य पाण्डे हेड head boy राजेश यादव हेड girl श्रुतिदास तथा विभिन्न हाउस क्याप्टनहरू रहेका छन्। 
जानकी सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक श्रीमती सुनिता यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ३ का वडा सदस्य श्रीमती संगीता दास समाजसेवी श्रीमती निलु श्रेष्ठ जनपथ प्रहरी दिपेन्द्र टमाटा जगत समाचारका सञ्चालक जगत राई पत्रकार रन्जित पाण्डे शिक्षकहरू क्रिष सिंह ठकुरी दिपेन्द्र सहनी राजन पण्डित फुलसुम खातुन प्रीति चौधरी लगायत रहेको जानकी सेकेन्डरी बोर्डिङ स्कुलका डाइरेक्टर एवं प्राध्यापक वीरेन्द्र यादवले जानकारी दिनुभएको छ। उनले बताए अनुसार नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको परिषद् सम्पन्न भएको बताएका छन्। कार्यक्रममा समाजसेवी एवं अभिभावकहरुको लेख्ने उपस्थिति रहेको थियो।





































COMMENTS