$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो

वीरगञ्ज, २५ असार ।वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकाहरूले पनि पाउने भएका छन्। ...

वीरगञ्ज, २५ असार ।वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकाहरूले पनि पाउने भएका छन्। महानगरको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले यसअघिको विभेदपूर्ण निर्णय सच्याउँदै साप्ताहिक पत्रिकालाई समेत समेटेर सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेपछि यो बाटो खुलेको हो।


यसअघि महानगरपालिकाले साप्ताहिक पत्रिकाहरूलाई सूचीकरण नगर्ने निर्णय गरेपछि स्थानीय सञ्चारमाध्यमहरू कानुनी अधिकारबाट वञ्चित भएका थिए। साप्ताहिक पत्रिकालाई लोककल्याणकारी सूचना उपलब्ध नगराइनु महानगर आफैँले बनाएको आमसञ्चारसम्बन्धी ऐन-कानुनविपरीत भएको भन्दै नेपाल पत्रकार महासंघ लगायतका सरोकारवालाहरूले यो निर्णय सच्याउन निरन्तर दबाब दिँदै आएका थिए।


आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले विगतको व्यवस्था परिमार्जन गर्दै साप्ताहिक पत्रपत्रिकालाई सूचीकृत हुन आह्वान गर्ने औपचारिक निर्णय गरेको हो।   सञ्चारमाध्यम बलियो भए मात्र सुशासन बलियो हुन्छ: कार्यवाहक प्रमुख आलम

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलम स्थानीय पत्रपत्रिकाको प्रवर्द्धनका लागि सकारात्मक देखिएपछि यो निर्णय सहजै टुङ्गोमा पुगेको हो।


कार्यवाहक प्रमुख आलमले स्थानीय सञ्चारमाध्यमको सबलीकरणमा महानगर सधैँ तत्पर रहेको बताउनुभयो। "सञ्चारमाध्यम बलियो भए लोकतन्त्र र सुशासन बलियो हुन्छ। त्यसैले महानगर स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि अग्रसर छ," उहाँले भन्नुभयो, "वीरगञ्ज महानगर सञ्चारमाध्यम प्रवर्द्धनका लागि कानुन बनाउने देशकै पहिलो पालिका हो। यस कारण पनि कानुनमा भएको व्यवस्थाका आधारमा हामी सधैँ सकारात्मक र रचनात्मक छौँ।"


महानगरको यो नयाँ निर्णयसँगै वीरगञ्जबाट नियमित रूपमा प्रकाशन हुँदै आएका दर्जनौँ साप्ताहिक पत्रपत्रिका र त्यसमा आश्रित श्रमजीवी पत्रकारहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content