लिटिल एन्जल्स स्कुलका जुनियर विद्यार्थीहरूको स्पेलिङ प्रतियोगिता सम्पन्न! बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ ज्योतिनगरमा रहेको लिटिल एन्जल्स बोर्डिङ स्कुलमा अध्ययनरत जुनियर विद्यार्थीहरूको स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ! लिटिल एन्जल्स बोर्डिङ स्कुलका प्रिन्सिपल सन्नी पाख्रिनको अध्यक्षतामा सम्पन्न उक्त जुनियर स्पेलिङ प्रतियोगितामा विजेता भएका विद्यार्थीहरूलाई प्रमाणपत्रले सम्मानित गर्दै विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत शिक्षाको स्तरलाई थप मजबुत बनाउने उद्देश्यले यो जुनियर स्पेलिङ प्रतियोगिता मार्फत विद्यार्थीहरूलाई सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका हुन्। विद्यालयले यस्ता विभिन्न प्रतियोगिताहरू आयोजना गरेर विद्यार्थीहरूलाई अब्बल बनाउने लक्ष्य लिएको प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ।
प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए विद्यार्थीहरूको उद्देश्य पनि यस्तै विभिन्न क्रियाकलाप मार्फत आफूहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन्! विद्यालयले कम समयमा नै अहिले धेरै सुविधा सम्पन्न भवन निर्माण गरेर विद्यार्थीहरूलाई अध्यापन गर्दै आइरहेको छ। little angles.boarding school प्याप्सनसँग आबद्ध रही प्याप्सनले गर्ने वार्षिक कार्यक्रम विभिन्न खेलकुद हस्तकला लेखन प्रतियोगिता बुद्धिचाल प्रतियोगितामा समेत भाग लिएर आफ्नो प्रतिभाहरू प्रस्तुत गर्दै आइरहेको छ। 
यति मात्र नभई विद्यालयले समेत आफ्नो आन्तरिक विभिन्न कार्यक्रमहरू वार्षिक रुपमा गर्दै आइरहेको प्रिन्सिपल पाख्रिङले बताएका छन्। वार्षिक कार्यक्रम अन्तर्गतआज विद्यालयले अतिरिक्त क्रियाकलाप जुनियर स्पेलिङ प्रतियोगिता आयोजना गरिएको principal पाख्रिनको भनाइ रहेको छ!


COMMENTS