
नारायणी वाङमय प्रतिष्ठान पर्सा वीरगञ्जले २१३ औँ भानु जयन्ती भव्य रूपमा स्थानीय होटल पुजनमा मनाएको छ। नारायणी वाङमय प्रतिष्ठानका अध्यक्ष प्रोफेसर डाक्टर विशम्भर शर्माको अध्यक्षता तथा प्रोफेसर डाक्टर व्रतराज आचार्यको प्रमुख अतिथिमा ११३ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न भएको हो। प्रमुख अतिथि आचार्यले भानुभक्तले लेखेका कविताहरू एवं लेखनहरू अहिले पनि स्मरणीय योग्य रहेकोले त्यतिबेला उनले लेखेका यी कृति र कविताहरू तथा लेखनले अहिले पनि यत्तिकै महत्तो रहेको धारणा राख्नुभएको थियो। कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रोफेसर डाक्टर दीपक शाक्य प्याप्सन जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सुशीला शाह गौतम माविका विद्यालय प्रशासन रमेश शर्मा प्राध्यापक सौरभ कुमार सरार्फ प्रोफेसर राजेन्द्र कोइराला संघको अध्यक्ष हरि गौतम जेष्ठ नागरिक सङ्घका सचिव रामप्रसाद पण्डित महेश चन्द्र गौतम लगायतले भानुको बारेमा चर्चा र परिचर्चा गर्दै उनीहरूले कृति एवं गजल कविता लेखनहरु को बारेमा आआफ्नो धारणा राखेका थिए।





COMMENTS