बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बीरगञ्ज कलेजमा कक्षा ११ मा भर्ना भएका एक सेक्सनको विद्यार्थीहरूलाई प्रभावकारी सार्वजनिक वक्तित्वकला कार्यक्रम सम्पन्न भएको छ! बीरगञ्ज कलेजका सञ्चालक समितिका अध्यक्ष डाक्टर दीपेन्द्र चौधरीको सभापतित्व तथा क्याम्पस चिफ विनोद गुप्ताको प्रमुख अतिथिमा उक्त प्रभावकारी सार्वजनिक वक्तित्वकला कार्यक्रम सम्पन्न भएको हो! कार्यक्रममा प्रमुख अतिथि क्याम्पस चिफ गुप्ताले विद्यार्थीहरूको अध्ययन सँगसँगै आफ्नो कलालाई कसरी सार्वजनिक मञ्चहरूमा आफ्नो प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने भन्ने बारेमा जानकारी दिनुभएको थियो। उनले भने कुनै पनि सार्वजनिक कार्यक्रममा प्रभावकारी भाषण स्पष्ट वक्ता हुन जरुरी रहेको जसले गर्दा सार्वजनिक स्थलमा भइरहेका कार्यक्रमहरुमा प्रस्तुतिहरू तिखा र मिठा हुन अति आवश्यक रहेको धारणा राख्नुभएको थियो। त्यसैगरी बीरगंज कलेजका सञ्चालक समितिकाअध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले यस कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई स्पष्ट वक्ताको रुपमा आफूहरुलाई निखार्न यो कार्यक्रम आयोजना गरिएको बताएका हुन् 
उनले भने आफ्नो कलालाई कसरी समाजमा प्रस्तुति गर्न सक्ने भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको हो हामी केवल शिक्षाको ज्ञान मात्र दिँदैन यस कलेजले पढ्दैजौं कमाउँदै जाउँ भन्ने अवधारणाका साथ स्थापना भएकोले यहाँ पढाइ सँगसँगै बोल्ने हिँड्ने र व्यवहारिक सिकाइका ज्ञानहरू समेत सिकाउने गरेको डाक्टर चौधरीको भनाइ रहेको छ। यस कलेजमा अध्यापन गरेर गएका विद्यार्थीहरू अहिले विभिन्न सेक्टरमा आफ्ना दक्ष सीपहरुलाई प्रस्तुत गरी उच्च शिक्षा हासिल गर्न सफल भएकोले उनीहरु जस्तै आफूहरु पनि बनाउने अवधारणा रहेकोले आज कक्षा ११ मा एक सेक्सनको विद्यार्थीहरूलाई प्रभावकारी सार्वजनिक वक्तित्वकला आफूहरूलाई कसरी तिखार्ने भन्ने बारेमा जानकारी दिन लागेको बताएका हुन्। यस कलेजले अरु कलेजभन्दा फरक ढङ्गको शिक्षण सिकाई हुने भएकोले कोही पनि विद्यार्थी निराशा हुनु पर्ने ठाउँ नरहेको धारणा राख्नुभएको थियो।






COMMENTS