कालिकामाई गापा कम्प्युटर अपरेटर चौरसियामाथि हातपात गर्ने रजनिस संजय र हिरोको पालिकामा दादागिरी प्रहरी प्रशासन मौन कारबाही खोई ?
पर्सा जिल्ला स्थित कालिकामाई गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर चन्दनप्रसाद चौरसियामाथि २०८३/ ३ महिना २३ गते कार्यालयमा काम गर्ने क्रममा जेन्जी प्रमुख भन्ने रजनिस कुशवाहा वडा नम्बर ३ का वडा अध्यक्ष संजय कुमार पटेल र हिरो पटेल भन्नेहरुको समूहले कुटपिट गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएर जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी मुद्दा दर्ता दिएको तर प्रहरी प्रशासनले निवेदन नै दर्ता नगरेको भन्दै कर्मचारीहरुले असार ३१ गतेदेखि १ गतेसम्म कालोपट्टी बाँधेर ९ बजेदेखि १२ बजेसम्म कार्यालय सञ्चालन गर्ने पत्रकार सम्मेलनमा प्रशासकीय अधिकृत केशव अधिकारीले जानकारी दिएका छन्। उनले बताएअनुसार हामीले नाम नै किटान गरेर मुद्दा दर्ता गर्दा समेत प्रहरीले अहिलेसम्म दोषीहरूलाई पक्राउ नगरी खुलेआम घुमफिर गरेकोमा काम गर्ने वातावरण नभएको भन्दै आफूहरू ४ र ५ गते जिल्ला प्रशासन कार्यालय बीरगंजमा पालिकाका सम्पूर्ण वडा देखि कार्यालयका कर्मचारीहरू तथा शिक्षकहरू स्वास्थ्यकर्मी कार्यालय बन्द गरेर धर्नामा बस्ने सो पत्रकार सम्मेलनमा प्रशासकीय अधिकृत अधिकारीले बताएका छन्।
उनले बताएअनुसार यति गर्दा पनि दोषीलाई कारबाही नगरी गाउँपालिकाका सम्पूर्ण कार्यालयका कामकाजहरू बन्द गरी ६ गते जिल्ला प्रशासन कार्यालय पर्सामा चाबी बुझाउने तयारी रहेको सो पत्रकार सम्मेलनमा बताएका छन् पालिकामा अहिले जेन्जीको प्रमुख बताउने रजनिस कुशवाहा वडा नम्बर ३ का वडा अध्यक्ष संजय कुमार पटेल हिरो पटेल लगायतको दादागिरीका कारण आफूहरू काम गर्ने वातावरण नभएको भन्दै पत्रकार सम्मेलनमा आफ्ना गुनासाहरु राखेका थिए। त्यसैगरी कम्प्युटर अपरेटर चन्दन प्रसाद चौरसियाको भनाइ अनुसार आफूलाई बिना कारण कुटपिट गर्ने दोषीहरू पहिचान भएर पनि प्रहरीले अहिलेसम्म मुद्दा दर्ता नगर्नु र उनीहरूको मनोबल बढाउने र आफूहरूको मनोबल घटाउने काम गरेकोले प्रशासनले आफूहरुलाई अहिलेसम्म कुनै पनि सहयोग नगरेको कुनै पनि सहयोग नगरेको चौरसियाले गुनासो गरेका हुन् उनले भने यस्तो वातावरणमा हामी कर्मचारीहरु जनताहरूको सेवा कसरी गर्ने त्यसैले एक हप्ता भइसक्दा पनि कारबाही नहुनुले आफूहरू आश्चर्यमा परेको समेत बताएका छन्। अहिले उनीहरूको दादागिरीले पालिकामा बस्न नसक्ने अवस्था आइरहेकोले जनताहरूको सेवा हामीले कसरी गर्ने र हाम्रो ज्यानको ग्यारेन्टी कसले लिने भनेर बाध्य भई पत्रकार सम्मेलन मार्फत आफूहरूको पीडा सुनाएको चौरसियाले सो पत्रकार सम्मेलनमा बताएका छन्। पत्रकार सम्मेलनमा पालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो!




COMMENTS