$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

कार्यवाहक मेयर आलमको एक्सन: नगर प्रहरी र जेसिबी लगाएर २ दिनमै खुलाइयो ४ वर्षदेखि बन्द सबैठवाको नाला

कार्यवाहक मेयर आलमको एक्सन: नगर प्रहरी र जेसिबी लगाएर २ दिनमै खुलाइयो ४ वर्षदेखि बन्द सबैठवाको नाला खुल्यो वीरगन्ज महानगरपालिका वडा नं. २३ स...

कार्यवाहक मेयर आलमको एक्सन: नगर प्रहरी र जेसिबी लगाएर २ दिनमै खुलाइयो ४ वर्षदेखि बन्द सबैठवाको नाला खुल्यो वीरगन्ज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत ४ वर्षदेखि विवादित रहेको नाला (ढल निकास) कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहलमा खुलाइएको छ। वर्षाको पानी निकास नहुँदा त्यस क्षेत्रमा लामो समयदेखि जलमग्न हुने र स्थानीयले सास्ती भोग्ने समस्या उत्पन्न हुँदै आएको थियो।

​पानी निकास हुने होम पाइप जाम भएर लामो समयदेखि विवाद कायम रहेपछि सबैठवाका स्थानीय बासिन्दाले नाला खुलाइदिन कार्यवाहक नगर प्रमुख आलमसमक्ष निवेदन दिएका थिए। जनगुनासो आउनसाथ एक्सनमा उत्रिएका कार्यवाहक नगर प्रमुख आलमले महानगरको सरसफाइ शाखाका प्रमुख सरफोदिन मियाँलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए।

​कार्यवाहक नगर प्रमुखको निर्देशनलगत्तै सरसफाइ शाखाका प्रमुख मियाँले नगर प्रहरीको टोलीसहित घटनास्थल पुगेर एक्सन लिएका थिए। बन्द गरिएको होम पाइप जेसिबी (JCB) र स्विपरहरूको प्रयोग गरी तत्कालै खुलाइएको महानगरले जनाएको छ।

​विगत ४ वर्षदेखि अल्झिएको होम पाइपको विवादलाई कार्यवाहक नगर प्रमुख आलमले जम्मा २ दिनमै समाधान गरेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन्। नाला खुलेपछि स्थानीयले कार्यवाहक नगर प्रमुख आलमलाई धन्यवाद दिँदै उनको यो कदम निकै सराहनीय रहेको बताएका छन्।

​"यदि नेतृत्वले साँच्चिकै चाहेको भए ४ वर्ष पहिल्यै यो विवाद समाधान हुन्थ्यो," एक स्थानीयले भने, "इच्छाशक्ति भयो भने काम गर्न समय लाग्दैन भन्ने कुरा कार्यवाहक मेयर साबले दुई दिनमै प्रमाणित गरेर देखाउनुभयो।"

​यसअघि पानी निकास नहुँदा सामान्य वर्षामा पनि बाटो जलमग्न हुने र हिँडडुल गर्नै समस्या हुने गरेकोमा अब भने जेसिबी नै लगाएर नाला सफा गरिएपछि त्यो समस्या दीर्घकालीन रूपमा समाधान भएको स्थानीयको भनाइ छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content