रोयल किड्स मन्टेश्वरी स्कुलले मेहन्दी प्रतियोगिता सम्पन्न प्रथम प्रेमा देवी दोस्रो नेहा चौधरी तेस्रो ममता कुमारी चयन! साउनको पहिलो दिन अर्थात् १ गते रोयल किड्स montessori मन्टेश्वरी स्कुलका बालबालिकाहरूले मेहन्दी प्रतियोगिता सम्पन्न भएको छ! बीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको उक्त रोयल किड्स मन्टेश्वरी स्कुलका विद्यार्थीहरूले उत्साहजनक मेहदी प्रतियोगितामा सहभागिता जनाएका थिए। उक्त मेहदी प्रतियोगितामा सम्पूर्ण बालबालिकाहरुले प्रतिस्पर्धा गर्ने क्रममा प्रथम प्रेमादेवी दोस्रो नेहा चौधरी तेस्रो ममता कुमारी भएका थिए। प्रतियोगितामा विजेता भएका विद्यार्थीहरूलाई प्रिन्सिपल रुचिका कुमारी र रेखा जैसीले प्रमाणपत्रले बालबालिकाको साथमा अभिभावकलाई समेत सम्मानित गरेको थियो। अभिभावकहरूले खुलेर प्रशंसा गर्दै यस रोयल किड्स मन्टेस्वरी स्कुलले आफ्ना बालबालिकाहरूलाई यस्ता प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गर्दै आगामी दिनहरूमा यो भन्दा पनि थप राम्रा खेलकुद प्रतियोगिता पनि आयोजना गरेर बालबालिकाहरूलाई अगाडि बढाउने अवसर प्रदान गरुन् भनेर सुझाव दिनुभएको थियो।
उनीहरूले बताएअनुसार आफूहरूले यस मन्टेश्वरी स्कुलमा पढाउन पाउँदा आफूहरूलाई सन्तुष्टि भएको बताउँदै विद्यालयको तर्फबाट कुनै पनि कमीकमजोरी नभेटाएको जिकिर गरेका थिए हामी खुसी छौं हाम्रो बालबालिकाहरूलाई शिक्षा सँगसँगै मनोरञ्जन र यस्ता अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुलाई अगाडि बढाउने हौसला प्रदान गरेकोमा हामी अभिभावकको तर्फबाट हार्दिक कृतज्ञा तथा शुभकामना टक्राउँछौं भनेर बताएका छन्! रोयल किड्स मन्टेश्वरी स्कुलका प्रिन्सिपल रुचिका कुमारीको सभापतित्वमा सम्पन्न सो प्रतियोगिताको निर्णायक मण्डलमा माउन्ट मकालु बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल रेखा जैसीले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले गरेका थिए। मेहन्दी प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण बालबालिकाहरूलाई प्रमाणपत्रले सम्मानित गरिएको थियो।




























COMMENTS