अन्तर–सदन चित्रकला, हस्तलेखन तथा स्पीलिङ्ग प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई प्रिन्सिपल पाख्रिनले पदक तथा प्रमाणपत्र वितरण!!
बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ ज्योतिनगरमा रहेको लिटिल एन्जल्स बोर्डिङ स्कुलका विद्यार्थीहरूको विद्यालयमा आयोजित अन्तर–सदन चित्रकला, अन्तर–सदन हस्तलेखन तथा अन्तर–सदन स्पीलिङ्ग प्रतियोगिता एक समारोहको बीच सम्पन्न भएको छ प्रतियोगितामा सहभागी भएका विजयी विद्यार्थीहरूलाई एक विशेष समारोहबीच विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङले पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको हो ।कार्यक्रममा विद्यालयका, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न तहका विद्यार्थीहरूबीच सम्पन्न तीनवटै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र तथा बधाई गर्दै विद्यालयका principle पाख्रिनले उनीहरूको प्रतिभाको प्रशंसा गरेका थिए।

विद्यालयका प्रिन्सिपल पाख्रिनले भने यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरुमा सिर्जनशीलता, अनुशासन, भाषिक दक्षता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चित्रकला प्रतियोगिताले विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गरेको, हस्तलेखन प्रतियोगिताले सफा, सुन्दर र व्यवस्थित लेखनको महत्वलाई प्रोत्साहित गरेको तथा स्पीलिङ्ग प्रतियोगिताले अंग्रेजी शब्दभण्डार र हिज्जे ज्ञानमा सुधार ल्याउन सहयोग पुर्याएको विद्यालयका प्रिसिपल पाख्रिनले जनाएका हुन! प्रतियोगितामा सहभागी भएका विजेता विद्यार्थीहरूलाई बधाई दिँदै प्रिन्सिपल पाख्रिनले आगामी दिनहरुमा पनि यस्ता रचनात्मक तथा ज्ञानमूलक प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुन र प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरुलाई प्रेरित गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल सन्नी पाख्रिङले बताएका छन् ! विद्यालयले यस्ता क्रियाकलापहरू प्रायजसो विद्यार्थीहरूको दक्षतालाई अभिप्रेरित गराउने मुख्य उद्देश्य रहेको प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ!











COMMENTS