$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बीबीएसमा तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम: हरिखेतान बहुमुखीका अञ्जलीले नेपालभरीमा तेस्रो स्थान हासिल

बीबीएसमा तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम: हरिखेतान बहुमुखीका अञ्जलीले नेपालभरीमा तेस्रो स्थान हासिल  हरिखेतान बहुमुखी क्याम्पसका छात्रा...



बीबीएसमा तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम: हरिखेतान बहुमुखीका अञ्जलीले नेपालभरीमा तेस्रो स्थान हासिल 

हरिखेतान बहुमुखी क्याम्पसका छात्रा अञ्जली कुमारी गुप्ताले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस (Bachelor of Business Studies) परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेकी छन्।


यससँगै उनले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। उनको यो उत्कृष्ट उपलब्धिले हरिखेतान बहुमुखी कलेजसँगै सम्पूर्ण पर्सा जिल्लाको शैक्षिक प्रतिष्ठा राष्ट्रिय स्तरमा उँचो बनाएको छ।


कलेज प्रमुख किशोरी रायका अनुसार नेपालभर रहेका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको हो। उनले यस सफलताले कलेजको गुणस्तरीय शैक्षिक वातावरण, दक्ष शिक्षक तथा विद्यार्थीको निरन्तर मेहनतको प्रतिफल भएको बताए।


यसैगरी, हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले अञ्जली कुमारी गुप्तालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनले कलेजको गौरव बढाउने यस उपलब्धिको सम्मानस्वरूप एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरी अञ्जलीलाई सम्मान गरिने जानकारी दिए।


अञ्जलीको यो सफलता मेहनत, अनुशासन, लगनशीलता र गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। क्याम्पस प्रशासन,संचालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले उनको उपलब्धिलाई गदै गर्व गरेको छ

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content