$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगन्जका वडा अध्यक्ष चतुर्वेदी पक्राउ प्रकरण: तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने वडा अध्यक्षहरुको चेतावनी

वीरगन्जका वडा अध्यक्ष चतुर्वेदी पक्राउ प्रकरण: तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने वडा अध्यक्षहरुको चेतावनी वीरगन्ज महानगरपालिका वडा नम्ब...

वीरगन्जका वडा अध्यक्ष चतुर्वेदी पक्राउ प्रकरण: तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने वडा अध्यक्षहरुको चेतावनी

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका सम्पूर्ण वडा अध्यक्षहरु आन्दोलित भएका छन्। उनीहरुले पक्राउ परेका वडा अध्यक्षलाई तत्काल थुनामुक्त गर्न जोडदार माग गर्दै, रिहा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

​गत साउन ९ गते (मिति २०८३/०४/०९) नारायणी अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरवाहीका कारण वीरगन्ज वडा नं. २४ का राजकुमार कुर्मीको असामयिक निधन भएको थियो। सो घटनापश्चात उत्पन्न परिस्थिति, पीडित परिवारको गुनासो र चिकित्सकमाथि भएको भनिएको दुर्व्यवहारको उचित तथा न्यायसम्मत समाधान खोज्न वडा अध्यक्षहरुले स्थानीय प्रशासनलाई सघाइरहेको अवस्थामा एक्कासी वडा अध्यक्ष चतुर्वेदी पक्राउ परेका हुन्। स्थानीय प्रहरी प्रशासनले उनलाई महानगरपालिका कार्यालयको परिसरबाटै धरपकड गरेको थियो।

​मिति २०८३/०४/१२ मा एक वक्तव्य जारी गर्दै सम्पूर्ण वडा अध्यक्षहरुले उक्त धरपकडप्रति गम्भीर आपत्ति जनाएका छन्। नगरबासीको हकहित संरक्षणका लागि आवाज उठाउने आफ्नो दायित्व पूरा गर्ने क्रममा राखेको विचारलाई नै आधार बनाएर जननिर्वाचित प्रतिनिधिमाथि गरिएको धरपकडको उनीहरुले कडा भर्त्सना गरेका छन्।

​जारी वक्तव्यमार्फत उनीहरुले पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहा नगरिएको खण्डमा यही साउन १३ गते (मिति २०८३/०४/१३) देखि क्रमबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने भन्दै स्थानीय प्रशासनलाई अल्टिमेटम समेत दिएका छन्। प्रेस बिज्ञप्ति मा उल्लेख गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content