$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

गुरु पूर्णिमा महोत्सव भव्य रूपमा सम्पन्न, गुरुप्रति श्रद्धा र आध्यात्मिक चेतनाको सन्देश प्रवाह तथा सम्मान

गुरु पूर्णिमा महोत्सव भव्य रूपमा सम्पन्न, गुरुप्रति श्रद्धा र आध्यात्मिक चेतनाको सन्देश प्रवाह तथा सम्मान कार्यक्रम सम्पन्न!बृहस्पति फाउन्डे...





गुरु पूर्णिमा महोत्सव भव्य रूपमा सम्पन्न, गुरुप्रति श्रद्धा र आध्यात्मिक चेतनाको सन्देश प्रवाह तथा सम्मान कार्यक्रम सम्पन्न!बृहस्पति फाउन्डेसन नेपालको आयोजनामा गुरु पूर्णिमाको पावन अवसर पारेर बुधबार वीरगञ्जस्थित माइस्थान मन्दिर पार्कमा भव्य "गुरु पूर्णिमा महोत्सव–२०८३" श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ।

गुरुप्रतिको श्रद्धा, सम्मान तथा आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, धर्मप्रेमी, समाजसेवी, शिक्षक, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेले गरेका थिए। समारोहको अध्यक्षता भोजपुरी समाज वीरगञ्जका अध्यक्ष धुर्व सिंह ठाकुरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ समाजसेवी मुर्लीधर रुङटा सहभागी भएका थिए।


कार्यक्रममा उद्योगपति अशोक वैद्य, शिक्षाविद् राजेन्द्र सिंह, प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद, एन–प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ता, पूर्वमन्त्री ओमप्रकाश शर्मा, समाजसेवी प्रकाश उपाध्याय, डा. अनिल झा, गहवामाई तिर्थ छेत्र विकास समितिका सचिव पप्पु गुप्ता लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

महोत्सवमा चर्चित गायक तथा कलाकारहरूले भजन–कीर्तन र भक्तिमय सांगीतिक प्रस्तुति दिँदा सम्पूर्ण वातावरण आध्यात्मिकमय बनेको थियो। श्रद्धालुहरूले गुरुको महत्त्व, सनातन संस्कृतिको संरक्षण तथा आध्यात्मिक जीवनशैलीबारे प्रेरणादायी सन्देशसमेत ग्रहण गरेका थिए।

यस अवसरमा शिक्षा, पत्रकारिता, सामाजिक सेवा तथा अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई खादा ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। आयोजकले सम्मानित व्यक्तित्वहरूको योगदानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरेका थिए।


कार्यक्रममा बृहस्पति फाउन्डेसन नेपालका सकोषाध्यक्ष चन्दन प्रजापति, धिरज साह, विभा साह, रजनीकान्त दुबेलगायतको विशेष सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनपछि उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरिएको थियो।

आयोजकका अनुसार गुरु पूर्णिमा महोत्सव धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ सफलतापूर्वक सम्पन्न भएको हो। महोत्सवले गुरु–शिष्य परम्पराको महत्वलाई पुनः स्मरण गराउँदै समाजमा नैतिकता, संस्कार र आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content