$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरियो वीरगन्ज, १८ असार  वीरगन्ज महानगरपालिकाका...

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरियो

वीरगन्ज, १८ असार 

वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको विशेष सक्रियता र पहल कदमीका कारण विगत ६ महिनादेखि रोकिएको विपत राहत रकम अन्ततः पीडितहरूले पाउने भएका छन्। महानगरपालिकाको विभिन्न वडाका आगलागी, बाढी र हावाहुरी पीडित १५ जना परिवारलाई राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख आलमले विपत व्यवस्थापन शाखामा प्राप्त निवेदनहरूमाथि तत्काल चासो देखाउँदै उचित छानबिनका लागि निर्देशन दिनुभएको थियो। सोही निर्देशनका आधारमा महानगरको वडा नम्बर १४, १७, १९, २६ लगायतका स्थानमा प्राकृतिक विपतबाट भौतिक संरचनामा क्षति ब्यहोरेका वास्तविक पीडितहरूको पहिचान गरिएको हो।


पीडितहरूको निवेदन र क्षतिको अवस्था हेरी कार्यवाहक प्रमुख आलमले प्रतिपरिवार ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको राहत रकम उपलब्ध गराउने निर्णय गराउनुभएको छ। कार्यवाहक प्रमुखको यो निर्णयसँगै पुनर्निर्माणका लागि लामो समयदेखि राहतको पर्खाइमा रहेका नगरबासीहरूले ठूलो राहत महसुस गरेका छन्।


विपत व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको समन्वय र तोकताकेताका कारण प्रशासनिक प्रक्रिया चाँडो सम्पन्न भएको हो। लामो समयदेखि अल्झिएको यो राहत रकम अबको केही दिनभित्रै पीडितहरूको हातमा पुगिसक्ने शाखा प्रमुख मिश्राले जानकारी दिनुभयो।


महानगरबासीलाई संकटका बेला अभिभावकत्व प्रदान गर्दै कार्यवाहक प्रमुख आलमले विपतका घटनामा परेका नागरिकलाई आगामी दिनमा पनि महानगरले तत्काल र प्रभावकारी रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content