पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना वास प्लान निर्माणका लागि प्राविधिक गणकको तीन दिने तालिम सम्पन्न तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्ने प्रतिबद्धता!!! तीन दिनदेखि जारी रहेको पालिका स्तरे खानेपानी सरसफाई तथा स्वच्छता योजना वास प्लान निर्माणका लागि समाजिक तथा प्राविधिक गणकका लागि तालिम शुक्रबार समापन भएको छ
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा एनजिओसिसी बीरगंजको आयोजना तथा युनिसेफ नेपालको आर्थिक प्राविधिक सहयोगमा सञ्चालनमा रहेको उक्त तीन दिने पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना वास प्लान निर्माणका लागि समाजिक तथा प्राविधिक गणकका लागि तीन दिने NWASH/ MlS तालिमको समापन समारोहमा सहभागीहरूले तालिममा सिकेका सीपहरूलाई आफ्नो पालिकामा गएर पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्! सामाजिक संस्था जिल्ला समन्वय समिति एनजिओसिसी पर्साका अध्यक्ष इमब्राहिम देवानको अध्यक्षतामा सम्पन्न सो समापन समारोहमा उनले खानेपानी सरसफाई तथा स्वच्छता योजना वास प्लानका बारेमा आफ्नो धारणा राख्दै यसले गर्दा आफ्नो कामलाई इमानदारीका साथ आफ्नो पालिकाहरूमा कार्यान्वयन गर्न र आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा पालना गर्दै लैजान सुझाव दिनुभएको छ। युनिसेफ नेपाल क्षेत्री कार्यालय जनकपुर वास अधिकृत अन्नपूर्ण मिश्राको प्रमुख अतिथिमा सो तालिमको उद्घाटन भएको थियो उद्घाटन समारोहमा उनले यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाल सरकारले २०३० बाट सबै पालिकाहरूमा वासप्लान्ट बनाउनु जुन १० वर्षीय योजना बन्न लागेको खानेपानी सरसफाई तथा स्वच्छताबाट कोही पनि नछुटुन् भन्ने उद्देश्यले दिगो विकासको लक्ष्यलाई प्राप्ति गर्न gps मार्फत डाटा सङ्कलन गर्ने र पालिकाको घरधुरी विद्यालय स्वास्थ्य संस्था खानेपानी प्रणाली इत्यादि का डाटाहरू एनवास एफबाट गणकबाट डाटा सङ्कलन गर्ने र वडा र पालिकामा डाटा प्रमाणितकरण गर्ने उद्देश्यले यो गणकहरू र प्राविधिकहरु तीन दिने तालिम आयोजना गरिएको अधिकृत मिश्राको भनाइ रहेको छ! 
उनले बताएअनुसार मधेस प्रदेशको १३६ मध्ये १०९ वटा पालिकाहरूमा वास प्लान टुल तयार भइसकेकोले आज दुईवटा पालिकाको गणक र प्राविधिकहरूलाई सहभागिता गराएर तालिम दिइरहेको बताएकी छिन्। यसले पालिकाहरूमा खानेपानी सरसफाई तथा स्वच्छता योजनामा बजेट निर्माणमा ठूलो उपलब्धि हुने र सोही अनुसार बजेटहरु पनि विनियोजन गर्न सजिलो हुने भएकोले यस्ता कार्यक्रमहरू नेपाल सरकारले अहिले देशभर सञ्चालन गरिरहेको बताए! समाजिक संस्था जिल्ला समन्वय समितिका कार्यक्रम संयोजक एवं वास प्लान निर्माण कार्यक्रम संयोजक तथा प्रशिक्षक सुनिल साहले तालिममा सहभागिता भएकाहरूलाई सुझाव एवं सल्लाह दिँदै सरकारले खानेपानी मन्त्रालयको विभागले एनवास एम आई एस NwasH/MlS मार्फत काम गर्ने तालिममा सहभागी भएकाहरूलाई जानकारी दिनुभएको थियो। अहिले युनिसेफ नेपालले स्थानीय पालिकाको सहकार्यमा अहिले मधेस प्रदेशको विभिन्न पालिकाहरूमा खानेपानी सरसफाई तथा स्वच्छताको १० वर्षीय योजनाको दिगो विकास लक्ष्यलाई प्राप्ति गर्न खानेपानी सरसफाई बाट कोही पनि नछुटुन् भनेर यो १० वर्षीय गुरुयोजना बनिरहेको बताए यसले सम्पूर्ण घरधुरी विद्यालय स्वास्थ्य खानेपानी प्रणाली इत्यादिका डाटाहरू एनवास एफ बाट गणकबाट डाटा सङ्कलन गर्ने काम यस तालिमबाट सिकाइने शाहले बताएका छन् यसरी काम गर्नाले नागरिकहरूलाई खानेपानी सरसफाई तथा स्वच्छतामा सुधार आउने र नेपाल सरकारलाई सहयोग पुग्ने बताएका हुन्। तालिममा बारा जिल्लाको पचहरौता नगरपालिका र पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका र प्राविधिक गरी २० जनाको सहभागिता रहेको छ। तालिमको उद्घाटन समारोहमा समाजिक संस्था जिल्ला समन्वय समितिका कार्यकारी निर्देशक रूपक पाण्डेको समेत विशेष उपस्थिति रहेको थियो। समाजिक संस्था जिल्ला समन्वय समिति एनजिओसिसी पर्साका अध्यक्ष इमब्राहिम देवनले यो तालिम बाट धेरै उपलब्धि हुने भएकोले ध्यान दिएर सुन्न आग्रह गर्दै उनले भने कुनै पनि योजना बिना काम सफल नहुने चाहे व्यक्तिगत योजना किन नहोस् तर लिखितम नभए पनि मस्तिकमा लेखिने भएकोले योजनाहरुलाई वर्गीकरण मार्फत अगाडि बढाएको खण्डमा सफल हुने उनको जिकिरहेको छ यो तालिम ले जीवनका लागि धेरै उपलब्धि हुने भएकोले ध्यानपूर्वक सुनेर आफ्ना सीपहरू वडा र पालिकामा पुगेर डाटा संकलन गरी कार्यान्वयन गर्नमा ठूलो मद्दत पुग्ने विश्वास आफूले लिएको अध्यक्ष देवानको भनाइ रहेको छ। तालिमको समापन समारोहमा समाजिक संस्था जिल्ला समन्वय समितिका उपाध्यक्ष चन्देश्वर चौहानले तालिममा सिकेका सीपहरूलाई आफ्नो पालिकामा गएर उपलब्धिमुखी काम गर्न सुझाव दिनुभएको थियो। कार्यक्रमको सहजीकरण दुलार चन्द साहले गरेका थिए!









COMMENTS