वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली चोरी भएको स...
वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली चोरी भएको स्थानीयले बताएका छन्।
चोरी भएका बाँसमध्ये ९ वटा बाँस स्थानीय चौठीनारायण यादवको घरबाट बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। साथै, चोरी भएको टाली लोकनारायण यादव, चौठीनारायण यादव र पृथ्वीनारायण यादवको घरमा राखिएको स्थानीयको दाबी छ
घटनापछि स्थानीयवासीले निष्पक्ष अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।


COMMENTS