$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल एन्जल्स स्कुलमा विद्यार्थीद्वारा भव्य रूपमा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरि केक काटेर मनाइयो!!!

लिटिल एन्जल्स स्कुलमा विद्यार्थीद्वारा भव्य रूपमा शिक्षक   शिक्षिकाहरुलाई सम्मान गरि केक काटेर मनाइयो!!!वीरगञ्ज। बीरगञ्ज महानगरपालिका वडा नम...

लिटिल एन्जल्स स्कुलमा विद्यार्थीद्वारा भव्य रूपमा शिक्षक   शिक्षिकाहरुलाई सम्मान गरि केक काटेर मनाइयो!!!वीरगञ्ज। बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ ज्योतिनगरमा रहेको  लिटिल एन्जल्स स्कुलका विद्यार्थीहरूद्वारा शिक्षक दिवसको अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरूको नेतृत्वमा विशेष कार्यक्रमको आयोजना गरी शिक्षक शिक्षिकहरूलाई सम्मान र कृतज्ञता व्यक्त गरेका थिए ।

विद्यार्थीहरूले सम्पूर्ण योजना, व्यवस्थापन तथा सञ्चालन आफैं गर्दै शिक्षकहरूका लागि अविस्मरणीय वातावरण सिर्जना गरेका हुन। कार्यक्रममा आकर्षक नृत्य, सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुत  मार्फत आफ्ना गुरु र गुरुआमाहरूको  सम्मान गरेको प्रिन्सिपल सन्नी पाख्रिङले बताएका छन् उनले बताएअनुसार  विद्यार्थीहरूले शिक्षकहरूको सम्पूर्ण आवश्यकतामा विशेष ध्यान दिँदै स्वादिष्ट परिकारको समेत व्यवस्था गरेका थिए। विद्यार्थीहरूको सिर्जनशीलता, अनुशासन र समर्पणले कार्यक्रमलाई थप प्रभावकारी बनाएको प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ। 

कार्यक्रममा सहभागी शिक्षिका शिक्षकहरूले विद्यार्थीहरूको सक्रियता, सम्मानभाव र उत्कृष्ट व्यवस्थापनको खुलेर प्रशंसा गर्दै यस्तो कार्यक्रमले शिक्षक– शिक्षिकाहरू र विद्यार्थीहरुबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

विद्यालय प्रशासनले पनि विद्यार्थीहरूको मेहनत, नेतृत्व क्षमता र जिम्मेवारीपूर्ण भूमिकाको सराहना गर्दै भविष्यमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा विद्यालयले  गरेको छ। शिक्षक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम विद्यालय परिवारका लागि साँच्चिकै अविस्मरणीय बनेको शिक्षक शिक्षिकाहरूले बताएका छन्। कार्यक्रममा little लिटिल एन्जल्स बोर्डिङ स्कुलका principle  सन्नी पाख्रिनले विद्यार्थीहरूका लागि जहिले पनि सकारात्मक सोच राख्ने र उनीहरूको भविष्यलाई सुनिश्चित हुने वातावरण सिर्जना गर्ने काम गुरु र गुरुआमाहरुबाट सधैं भइरहने भन्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूले आफ्ना गुरु र गुरुआमाहरुलाई सम्मान र सत्कार गर्ने बानी बसाल्न आग्रह गर्नुभएको थियो।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content