$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

चौथो गहवामाई रथयात्राको तयारी तीव्र, आवश्यक सबै सहयोग गर्न महानगर प्रतिबद्ध : कार्यवाहक नगरप्रमुख आलम

चौथो गहवामाई रथयात्राको तयारी तीव्र, आवश्यक सबै सहयोग गर्न महानगर प्रतिबद्ध : कार्यवाहक नगरप्रमुख आलम वीरगञ्ज। वीरगञ्जको आस्थाको केन्द्र गहव...


चौथो गहवामाई रथयात्राको तयारी तीव्र, आवश्यक सबै सहयोग गर्न महानगर प्रतिबद्ध : कार्यवाहक नगरप्रमुख आलम वीरगञ्ज। वीरगञ्जको आस्थाको केन्द्र गहवामाई मन्दिरको चौथो गहवामाई रथयात्रा यही असार ३२ गते बिहीबार आयोजना हुने भएपछि तयारीलाई तीव्र पारिएको छ। रथयात्राको तयारीबारे जानकारी लिन वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले रथयात्रा आयोजक समितिका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।

छलफलका क्रममा कार्यवाहक नगरप्रमुख आलमले रथयात्रालाई भव्य, सभ्य, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न वीरगञ्ज महानगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइने विश्वास दिलाउनुभयो।

नगरप्रमुख आलमले रथयात्राको दिन सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सम्भावित आकस्मिक अवस्थालाई मध्यनजर गर्दै नगर प्रहरी, वारुणयन्त्र (दमकल) लगायत आवश्यक जनशक्ति र स्रोतसाधन २४सै घण्टा तयारी अवस्थामा राखिने जानकारी दिनुभयो

कार्यवाहक नगरप्रमुख आलमले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गहवामाई रथयात्रा वीरगञ्जको पहिचानसँग जोडिएको उल्लेख गर्दै सम्पूर्ण नगरवासीलाई सभ्य, अनुशासित र सौहार्दपूर्ण वातावरणमा रथयात्रामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो।

भेटघाटका क्रममा रथयात्रालाई अझ व्यवस्थित, सुरक्षित र सफल बनाउन महानगरपालिका तथा आयोजक समितिबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो। आयोजक समितिले रथयात्रा सञ्चालनका लागि भइरहेका तयारीबारे जानकारी गराउँदै महानगरपालिकाबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content