सेन्जेभियर्स स्कुलका विद्यार्थी परिषद्का हाउस क्याप्टेनरु तथा मनिटरहरूको सपथ ग्रहण सम्पन्न! बीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रह...
सेन्जेभियर्स स्कुलका विद्यार्थी परिषद्का हाउस क्याप्टेनरु तथा मनिटरहरूको सपथ ग्रहण सम्पन्न! बीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको सेन्जेभियर्स स्कुलका विद्यार्थी परिषद् हाउस क्याप्टेनहरू तथा कक्षाका मनिटरहरूको शपथ ग्रहण एक समारोहको बीच भव्यरूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूले विद्यालयमा आजदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साका अध्यक्ष आनन्द पटेलको प्रमुख आतिथ्यमा उक्त विद्यार्थी परिषद् का विद्यार्थीहरूको सपथ ग्रहण समारोहमा मञ्चका अध्यक्ष पटेलले विद्यार्थीहरूको जिम्मेवारी केवल विद्यालयमा मात्र नभएर आफ्नो घर समाज परिवार देश सबै ठाउँमा उत्तिकै जिम्मेवारी भएर अगाडि बढ्न सुझाव दिएका थिए। विद्यालयको यो नीति नियम केवल व्यक्तिगत नभई विद्यालयको अनुशासनलाई व्यवहारमा उतार्दै आफ्नो पहिचान बनाउने जिम्मेवारी आजबाट थपिएकोले यसलाई हल्का रुपमा नलिन भन्दै अब कक्षा कोठामा आफूसँगै अन्य विद्यार्थीहरुलाई पनि नीति नियमहरू पालना गर्दै अनुशासित ढङ्गबाट अगाडि बढ्न प्रेरित गराउने जिम्मेवारी आफ्नो कादमा आएको अध्यक्ष पटेलले बताएका हुन् २०८३ सालका लागि आफ्नो जिम्मेवारी पाएका सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो कार्यकालको सफलताको कामना समेत गरेका थिए।



COMMENTS