$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

विद्या सदन विद्यालयका विद्यार्थीहरू द्वारा चेस प्रतियोगिता, स्पिड स्टार च्याम्प तथा नेपाली वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न

बीरगञ्ज महानगरपालिका वार्ड नं १२ मुरलीमा रहेको  विद्या सदन माध्यमिक विद्यालयका विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा शैक्षिक क्षमता अभिवृद्धि...

बीरगञ्ज महानगरपालिका वार्ड नं १२ मुरलीमा रहेको  विद्या सदन माध्यमिक विद्यालयका विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू आयोजना गरिएको प्रिन्सिपल लालबहादुर गुरुङले बताएका हुन्। कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको  सहभागितामा  विद्यालयले यो कार्यक्रम गरेको हो विद्यालय परिसरमा आयोजित कार्यक्रमअन्तर्गत चेस प्रतियोगिता, स्पिड स्टार च्याम्प तथा नेपाली वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो। विद्यार्थीहरूबीच प्रतिस्पर्धासँगै उत्साह, अनुशासन र सिर्जनशीलता झल्किएको कार्यक्रमका क्रममा शिक्षक तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।चेस प्रतियोगिताअन्तर्गत कक्षा ५, ६ र ७ समावेश गरिएको समूह ‘ए’ मा कक्षा ७ ‘आर’ का मोहम्मद शाइल अन्सारी प्रथम, कक्षा ७ ‘जि’ का अरशद अन्सारी द्वितीय तथा कक्षा ६ ‘आर’ का शेख सर्फराज आलम तृतीय स्थान हासिल गर्न सफल भए। त्यसैगरी, कक्षा ८, ९ र १० समावेश गरिएको समूह ‘बी’ मा कक्षा १० का आर्यन शाह प्रथम, कक्षा ८ ‘वाई’ का अशफाक हुसेन अन्सारी द्वितीय तथा कक्षा ९ ‘बी’ का सामीद परवेज तृतीय स्थान प्राप्त गर्न सफल भए। चेस प्रतियोगिताको संयोजन शिक्षकद्वय ईर्शाद अन्सारी तथा विक्रान्त ठाकुरले गर्नुभएको थियो।

यसै अवसरमा “स्पिड स्टार च्याम्प” अन्तर्गत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूबीच विभिन्न सिर्जनात्मक तथा शीघ्र प्रतिक्रिया आधारित गतिविधिहरू सञ्चालन गरिएको थियो। जसअन्तर्गत सुहानी चौधरी नर्सरी स्पिड स्टार, अयुब अन्सारी एल.के.जी. स्पिड स्टार तथा मनिष मण्डल यू.के.जी. स्पिड स्टार घोषित भए। साथै, कक्षा १ को नेपाली वाचन प्रतियोगितामा हर्षिका ठाकुर उत्कृष्ट प्रदर्शन गर्दै स्पिड स्टार घोषित हुन सफल भइन्। उक्त कार्यक्रमको संयोजन शिक्षिकाद्वय लक्ष्मी श्रेष्ठ तथा निर्मला ढुंगेलले गर्नुभएको थियो।

कार्यक्रमको समापनमा विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विद्यालय प्रशासनले विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सहभागी सम्पूर्ण विद्यार्थीहरूको सक्रियता, आत्मविश्वास र प्रतिभाको प्रशंसा गरेको छ।

विद्यालयले आगामी भदौ १८ गते पुनः विशेष सह–पाठ्यक्रम गतिविधिहरू आयोजना गर्ने जानकारी दिएको छ। सो अवसरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि राखी बनाउने प्रतियोगिता तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि मेहन्दी प्रतियोगिता र खुला हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार यस्ता सिर्जनात्मक तथा सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास तथा सर्वाङ्गीण व्यक्तित्व विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। विद्या सदन मा.वि.ले आगामी दिनमा पनि विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रिन्सिपल लालबहादुर गुरुङले जानकारी दिनुभएको छ।  विद्यार्थीहरूको बौद्धिक विकासलाई  यस्ता कार्यक्रम मार्फत अगाडि बढाउन अति आवश्यक रहेको बताएका छन्

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content