गुरुपुर्णिमाको अवसरमा मनकामना माविका विद्यार्थीहरुले गुरु र गुरुआमाहरुलाई केक काटेर भब्य रुपमा सम्मान!!!
बीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकामना बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूले एक समारोहको आयोजना गरी गुरुपूर्णिमाको अवसरमा आफ्ना गुरु र गुरुआमाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा जगत समाचार डट कमका संचालक एवं जन भन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईले विद्यार्थीहरुलाई आफ्नो गुरु र गुरुआमाहरुलाई सम्मान र इज्जत दण्डावत गर्ने बानी राख्ने काम कहिले पनि नबिर्सन सुझाव दिनुभएको थियो। विद्यार्थीहरूको भविष्यलाई उज्यालोतर्फ अगाडि बढाउने आफ्ना गुरु र गुरुआमालाई सम्मान सत्कार सधैँ गर्ने परिपाटी राख्न आग्रह गर्नुभएको थियो। गुरुहरूको सम्मान र इज्जत गरे भविष्यमा अगाडि बढ्ने आशीर्वाद प्राप्त हुने भएकोले सधैं इज्जत गर्नराईले बताएका छन् त्यसैगरी आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष मुनेश कुमार लायोमगरले शिक्षक शिक्षिकाहरूलाई सधैं सम्मान गर्ने बानी राख्न सुझाब दिएका छन्! मनकामना माविका संचालक एवं प्रिन्सिपल पुरन प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रिन्सिपल प्रधानले विद्यार्थीहरुले सधैं गुरु र गुरु आमाको इज्जत र सम्मान गर्न सुझाब दिदै विद्यार्थीहरुको उज्यालो भबिस्य तर्फ अगाडी बड्ने आशिर्बाद हामीले दिइरहनछौ भनेर सुझाव दिनुभएको थियो गुरु र गुरुआमाले विद्यार्थीहरूलाई जहिले पनि असल र राम्रो बाटोमा डोर्याउने काम गर्ने भएकोले गुरुहरूलाई सम्मान गर्ने बानी राख्न निर्देशन दिनुभएको थियो
गुरु पूर्णिमा अवसरमा विद्यार्थीहरूले केक काटेर आफ्ना गुरु र गुरुआमाहरुलाई शुभकामना तथा बधाई दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य संगीत एवं अतिरिक्त क्रियाकलापहरू गरेर गुरु पूर्णिमा भव्य रूपमा मनाएका थिए। कार्यक्रम सहायक प्रिन्सिपल सुनिल यादव रन्जित श्रीवास्तव तथा अन्य शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण आँचल मिश्रा र शुभम उपाध्यायले गरेका थिए।













COMMENTS