रोजगार मेला–२०८२ : वीरगञ्जमा आइतबार भव्य रूप वीरगञ्ज, असार २१। नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आइतबार वीरगञ्जको विश्व होटलमा एक दिने रोजगार मेला–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूलाई उद्यमशीलता र रोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक यो रोजगार मेला आयोजना गरिएको बीरगंज उद्योगवाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बताएका छन्।बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्ने तथा उद्योग–व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको हो। मा सम्पन्न प्रदेश सरकारले उद्यमी बन्न चाहने युवाहरूलाई सहुलियत उपलब्ध गर्ने पर्यटन मन्त्री पटेलको भनाइ!
वीरगञ्ज, असार २१। नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आइतबार वीरगञ्जको विश्व होटलमा एक दिने रोजगार मेला–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूलाई उद्यमशीलता र रोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक यो रोजगार मेला आयोजना गरिएको बीरगंज उद्योगवाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बताएका छन्।बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्ने तथा उद्योग–व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको हो।
कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिया पटेलको प्रमुख अतिथियमा सम्पन्न उक्त रोजगार मेलाको उद्घाटन गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट मार्फत युवाहरूलाई उद्यमशीलता बनाउन प्रदेश सरकारले भारी मात्रामा बजेट विनियोजन गरेको बताउँदै अब रोजगारी खोज्ने होइन आफूले रोजगार दिने जस्ता योजनाहरू ल्याउनुपर्ने र त्यस्ता रोजगार बन्न चाहने युवाहरूलाई प्रोत्साहन स्वरूप बजेट सहुलियत रुपमा उपलब्ध गराउने पर्यटन मन्त्री पटेलको उद्घोष रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष बिलसुन्दर श्रेष्ठ मधेश प्रदेश उद्योग विभागका निमित्त महानिर्देशक रिमा साह, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, रोजगार मेला संयोजक तथा संघका सह–सचिव अनुप अग्रवाल, महासंघका सह–निर्देशक हरि पौडेल, वीरगञ्ज च्याप्टरका अध्यक्ष अनिल जयसवाल तथा नेपाल युवा मञ्च, वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह लगायतले बीरगञ्जमा पहिलोपटक युवाहरूलाई रोजगार मेलाको अवसर जुटाउने र उक्त मेलाबाट उद्योगीहरूले पनि चाहेका युवाहरुलाई रोजगारीमा प्रत्यक्ष अवसर जुट्ने भएकोले यो स्वयं उपस्थित हुनुले उद्योगी र युवाहरूको बीचको सहकार्यले उद्योग व्यवसायीमा राम्रो उपलब्धि हुने अपेक्षा गरिएको बताएका थिए 
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न स्वरोजगार मेलाको स्वागत मन्तव्य दिने क्रममा बीरगञ्ज उद्योगवाणिज्य सङ्घले उद्योग व्यवसायीहरूको लागि सरकारले वातावरण खासै सिर्जना नगरेको गुनासो गर्दै विगतका सरकारहरु जस्तै यस सरकारले पनि उद्योग व्यवसायहरूको हितका निम्ति काम नगरेको गुनासो गरेका हुन् बीरगंज उद्योगवाणिज्य सङ्घको आह्वानमा २४ वटा उद्योगहरू आज यस स्वरोजगार मेला कार्यक्रममा आफ्ना स्टलहरू राखेर युवाहरूलाई आकर्षण गर्ने उद्देश्यले आआफ्नो कम्पनीमा कस्ता जनशक्तिहरूको आवश्यकता पर्ने भन्ने विषयमा यस कार्यक्रमको उद्देश्यबाट दुवै पक्षलाई सहज हुने काम आफूहरुले गरेको अध्यक्ष गौतमको जिकिरहेको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक क्षितिज तामाङ र रिस्कु तिमिल्सिनाले अहिले हरेक प्रदेशमा यस्ता स्वरोजगार मेला आयोजना गर्दै आइरहेको र मधेस प्रदेशको वीरगंजमा आइतबार आयोजना गरिएको बताए रोजगार मेलाको उद्देश्य, सञ्चालन प्रक्रिया तथा उपलब्ध अवसरबारे रोजगार मेला संयोजक अनुप अग्रवालले जानकारी गराउनुभएको थियो। बीरगंज उद्योगवाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलोपटक आयोजना गरेको रोजगार मेलामार्फत उद्योग–व्यवसाय र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगार सिर्जना र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको बताएका छन् कार्यक्रमको धन्यवाद ज्ञापन वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधवराज पालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए।





















COMMENTS