भारत विकास परिषदको पहल : राष्ट्रिय चिकित्सक दिवस रक्सौल। भारत विकास परिषद, रक्सौल शाखाको आयोजनामा बुधबार अनुमण्डलीय अस्पतालको सभाहलमा राष्ट्रिय चिकित्सक दिवस तथा चार्टर्ड एकाउन्टेन्ट दिवसको अवसरमा भव्य सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा नगरका प्रतिष्ठित चिकित्सक तथा चार्टर्ड एकाउन्टेन्टहरूलाई सामाजिक, व्यावसायिक तथा राष्ट्र निर्माणमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै गुलाबको फूल, दोसल्ला तथा सम्मान–चिन्ह (मोमेन्टो) प्रदान गरी सम्मान गरिएको थियो। र चार्टर्ड एकाउन्टेन्ट दिवसको अवसरमा चिकित्सक तथा चार्टर्ड एकाउन्टेन्टहरू सम्मानित
रक्सौल। भारत विकास परिषद, रक्सौल शाखाको आयोजनामा बुधबार अनुमण्डलीय अस्पतालको सभाहलमा राष्ट्रिय चिकित्सक दिवस तथा चार्टर्ड एकाउन्टेन्ट दिवसको अवसरमा भव्य सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा नगरका प्रतिष्ठित चिकित्सक तथा चार्टर्ड एकाउन्टेन्टहरूलाई सामाजिक, व्यावसायिक तथा राष्ट्र निर्माणमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै गुलाबको फूल, दोसल्ला तथा सम्मान–चिन्ह (मोमेन्टो) प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिहरूद्वारा दीप प्रज्वलन तथा सामूहिक रूपमा ‘वन्दे मातरम्’ गान गरी गरिएको थियो। सम्मान समारोहमा सहभागी चिकित्सक तथा चार्टर्ड एकाउन्टेन्टहरूलाई परिषद् परिवारले आत्मीय स्वागत गरेको थियो।
यस अवसरमा परिषद्का अध्यक्ष रजनीश प्रियदर्शीले चिकित्सक मानव जीवनका रक्षक भएको तथा चार्टर्ड एकाउन्टेन्टहरूले देशको आर्थिक प्रणालीलाई सुदृढ, पारदर्शी र अनुशासित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। समाज र राष्ट्रको विकासमा दुवै वर्गको योगदान प्रेरणादायी र अनुकरणीय रहेको उल्लेख गर्दै उनले यस्ता कर्मयोगी व्यक्तित्वलाई सम्मान गर्न पाउनु भारत विकास परिषद्को दायित्व र गौरव भएको बताए।
सम्मानित हुने चिकित्सकहरूमा डा. श्रीराम प्रसाद, डा. मञ्जु जायसवाल, डा. स्वाति सपन, डा. विजय कुमार, डा. प्रभु जोसेफ, डा. सुजीत कुमार, डा. एस. के. सिंह, डा. उमेश प्रसाद, डा. प्रहस्त कुमार, डा. प्रदीप कुमार, डा. अमित जायसवाल, डा. आदित्य प्रसाद, डा. बिपिशा श्रेष्ठ, डा. अरुण यादव, डा. शशि रञ्जन, डा. नारायण डालमिया, डा. मनीता, डा. चन्दन कुमार तथा डा. अदिति गुप्ता रहेका छन्। त्यसैगरी चार्टर्ड एकाउन्टेन्ट प्रदीप अग्रवाल र विजय केशानलाई पनि सम्मान गरिएको थियो।सम्मानित व्यक्तित्वहरूको तर्फबाट डा. प्रभु जोसेफ, डा. सुजीत कुमार, डा. एस. के. सिंह, डा. स्वाति सपन, डा. मञ्जु जायसवाल, डा. श्रीराम प्रसाद, डा. विजय कुमार, डा. आदित्य प्रसाद, चार्टर्ड एकाउन्टेन्ट प्रदीप कुमार अग्रवाल तथा भारत विकास परिषद रक्सौल शाखाका संरक्षक भरत प्रसाद गुप्ता र महेश कुमार अग्रवालले मन्तव्य व्यक्त गर्दै परिषद्को यस अभिनव पहलको प्रशंसा गरे। उनीहरूले यस्ता सम्मान समारोहले समाजमा सेवा, समर्पण र उत्कृष्ट कार्यप्रति सकारात्मक वातावरण सिर्जना गर्नुका साथै नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन तथा समन्वय सम्पर्क संयोजक उमेश कुमार सिकारिया, सेवा संयोजक तथा मिडिया प्रभारी बिमल कुमार सर्राफ र सुनील कुमारले गरेका थिए। समारोहको समापन कोषाध्यक्ष सुनील कुमारको धन्यवाद ज्ञापनसँगै गरिएको थियो। अन्त्यमा सबै सहभागीले सामूहिक रूपमा राष्ट्रगान गाएर कार्यक्रम सम्पन्न गरेका थिए।
कार्यक्रममा परिषद्का अध्यक्ष रजनीश प्रियदर्शी, योगेन्द्र प्रसाद, सुनील कुमार, उमेश सिकारिया, बिमल कुमार सर्राफ, नितेश कुमार सिंह, विनोद कुमार, दिनेश प्रसाद, अरविन्द जायसवाल, विनोद रौनियार, सुरेश धानोठिया, अजय कुमारलगायत सम्मानित चिकित्सक, चार्टर्ड एकाउन्टेन्ट तथा ठूलो संख्यामा विशिष्ट नागरिकहरूको उपस्थिति रहेको थियो। उक्त जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले दिएका हुन्।




COMMENTS