जीवन ज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल शिवजी गुप्ताको सभापतित्व तथा रोट्री क्लब अफ मेट्रोपोलिसका प्रेसिडेन्ट राजकिशोर प्रसाद कलवारको प्रमुख अतिथिमा पदस्थापन समारोहको औपचारिक उद्घाटन गर्ने क्रममा उहाँले यो केवल पद मात्रै नभएर समाजलाई कसरी रूपान्तरण गर्ने भन्ने बारेमा आफ्नो जिम्मेवारी पनि रहेको बताएका छन् यो क्लब भनेको विशुद्ध समाजिक कार्यको लागि भएकोले यसमा कसैले पनि लोभ लाभ गर्ने ठाउँ नभएकोले जसरी भएपनि आफ्नो व्यक्तित्व विकास गर्दै समाज रूपान्तरण गर्नमा अहम भूमिका खेल्ने उद्देश्यले यो क्लबहरू अहिले अन्तर्राष्ट्रिय स्तरमा गठन हुँदै गइरहेको क्रममा यस विद्यालयका विद्यार्थीहरुले पनि आफ्नो जिम्मेवारी पाउनुभएका सम्पूर्ण पदाधिकारीहरूलाई आफ्नो कार्यकालको सफलताको कामना गर्दै समाज रूपान्तरणको लागि अहम भूमिका खेल्न सुझाव कलवारले दिनुभएको छ।
प्रमुख अतिथि कलवारले नवनिर्वाचित ( रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस)इ. अनुराग साह – अध्यक्ष (२०२६–२७) को अध्यक्ष चयन भएकाले उनको टिमका सम्पूर्ण पदाधिकारीहरूले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सुझाव एवं सल् यही रहेको धारणा राख्नुभएको थियो! पूर्व अध्यक्ष सिद्धि कर्णले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना गरेकोमा धन्यवाद समेत दिनुभएको छ। कार्यक्रमको समापन समारोहमा प्रिन्सिपल शिवजी गुप्ताले विद्यार्थीहरूको नेतृत्वमा विकास होस् र समाज परिवर्तन गर्नमा उनीहरूको क्षमता विकास होस् भन्ने उद्देश्यले यो क्लब यस विद्यालयमा गठन गरिएको बताएका हुन् यो एउटा विशुद्ध सामाजिक संस्थामा बसेपछि आफ्नो व्यक्तिगत विकास सँगसँगै समाज र समाजमा भएका विकृति विसंगतिहरुलाई रुपान्तरण गर्दै अगाडि बढाउनमा र सहयोग पुगोस् भन्ने उद्देश्यले यो रोट्री क्लब स्थापना गरेको बताएका छन्। नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथि कलवार र प्रिन्सिपल गुप्ताले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो। निवर्तमान अध्यक्ष सिद्धि कर्णाले वर्तमान अध्यक्ष साहलाई पद हस्तान्तरण गरेकी थिइन्। शपथ ग्रहण समारोह कार्यक्रममा रोटेरियन राकेश मिश्र निखिल गुप्ता रोटेरियन रामविनय यादव रोटेरियन संगम पण्डित रोटेरियन सौरभ बर्नवाल डा. प्रीति गुप्ता रोटेरियन मोहम्मद उमर देवान रोटेरियन कनहैया गुप्ता रोटेरियन अशुत चौधरी अन्य अतिथि, रोटेरियन, रोट्र्याक्टर, इन्टर्याक्टर तथा विद्यालयका विद्यार्थीहरू एवं शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
पद हस्तान्तरण समारोहमा पूर्व अध्यक्ष सिद्दि कर्णाले आफ्नो कार्यकालमा सामाजिक कामहरू समाजमा धेरै गरेको र आफूनो व्यक्तित्व विकास सँगै समाजमा सामूहिक रूपमा नेतृत्व गर्ने विकासको बानी बसेको यसले आगामी दिनमा आफूलाई समाज र राष्ट्रलाई काम गर्न ठूलो मद्दत पुगेको धारणा राखेकी थिइन्। उनले भने यस्ता सामाजिक काममा अरु विद्यार्थीहरु पनि जोड्न सुझाव दिएकी छिन्!

















COMMENTS