सनसाइन बोर्डिङ स्कुलले गुरु पूर्णिमा भव्य रूपमा केक काटेर मनाइयो!
बीरगञ्ज महानगरपालिका वार्ड नं १४ पिप्रा स्थितमा रहेको सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले गुरु पूर्णिमाको अवसरमा केक काटेर भव्य रूपमा गुरु र गुरुआमाहरूलाई सम्मान गरेको छ! विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले केक काटेर आफ्ना गुरु गुरुआमाहरुसँग आशीर्वाद माग्दै खुसी व्यक्त गरेका थिए! विद्यालयका सञ्चालक अमित आलोकले जानकारी दिएको अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना गुरु गुरुआमाहरु सँग आशीर्वाद लिँदै सम्मान गरेको बताएका हुन्! शिक्षक शिक्षिकाहरूले विद्यार्थी जीवनमा कहिले पनि गलत बाटोमा नहिड्न र आफ्ना आमाबुवा र गुरु र गुरुआमाहरुले सिकाएको शिक्षामा अगाडि बढ्न सुझाव दिँदै यसले आफ्नो भविष्य अगाडि बढाउनमा ठूलो मद्दत पुग्ने धारणा राखेका थिए गुरु र गुरुआमा भनेका भगवानको दोस्रो रूप मान्दै आइरहेकोले विद्यार्थीहरूले आफ्ना शिक्षक शिक्षिकाहरूलाई सम्मान र आदार गर्ने र उनीहरूलाई इज्जत दिन सुझाव समेत दिएका थिए। गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण विद्यार्थीहरूले आफ्ना गुरु र गुरुआमाहरुलाई आदर र सम्मान गर्दै कार्यक्रम समापन भएको थियो।

COMMENTS