$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाल भारत मैत्री युवा सङ्घ पर्सा द्वारा लागू औषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा लागू औषधले नेपाल भारत दुवै देशका युवाहरुलाई सचेत गर्नु पर्ने वक्ताहरूको भनाइ

नेपाल भारत मैत्री युवा सङ्घ पर्सा  द्वारा लागू औषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा लागू औषधले नेपाल भारत दुवै देशका युवाहरुलाई सचेत गर्नु...


नेपाल भारत मैत्री युवा सङ्घ पर्सा  द्वारा लागू औषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा लागू औषधले नेपाल भारत दुवै देशका युवाहरुलाई सचेत गर्नु पर्ने वक्ताहरूको भनाइ!  नेपाल भारत मैत्री युवा सङ्घ पर्साको आयोजनामा आज नगरसभा हलमा लागू औषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा प्रमुख अतिथि नेपाल भारत मैत्री युवा सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले नेपाल भारत दुवैका  देशका युवाहरूलाई सचेत गर्न अति आवश्यक रहेको बताएका छन्। लागू औषध सेवनले मानसिक तनाव दिनुका साथै समाज घरपरिवार देश सबै यसले नराम्रो बाटोतिर डोर्याउने भएकोले यस्ता जनचेतनामूलक अभियानहरू विद्यालय स्तरमा गर्नाले न्यूनीकरण गर्नमा मद्दत पुग्ने धारणा राख्नुभएको थियो उनले भने लागू औषध विरुद्धको जनचेतना अभियानमा नेपाल भारतका अगुवाहरू संगठित भएर यस्ता लागू औषध दुब्यर्सन न्यूनीकरण तथा जनचेतना अभिवृद्धिमा सक्रिय सहभागिता भएर लाग्न अति आवश्यक रहेको प्रमुख अतिथि यादवको भनाइ रहेको छ।  


त्यसैगरी भारतीय महावाणिज्य दूतावासका  देवी सहायक मिनाले नेपाल भारत दुवै देशका नागरिकहरू लागू औषध विरुद्धको ओसारपोसारमा निगरानी बढाउनको साथै यस्ता लागू औषध विरुद्ध जनचेतनामूलक अभियानमा आफूहरू हातेमालो गर्न सधैं तयार रहेको धारणा राख्नुभएको थियो।  लागू औषध सेवनले कसैको पनि हित हुन नसक्ने यसले समाजलाई पनि नकारात्मक असर पर्ने र दुवै देशका नागरिकलाई यस्ता गलत गतिविधिले फाइदा नहुने भएकोले आफूहरू यस्ता लागू औषध विरुद्धको अभियानमा सधैं हातेमालो गर्न तयारी रहेको प्रतिबद्धता जनाउनु भएको छ  लागू औषध विरुद्ध जनचेतन अभियान कार्यक्रममा जगन्नाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादवले अहिलेका युवाहरूलाई यस्तो कुलतबाट जोगाउन घरपरिवार समाज साथीभाइ तथा इष्टमित्रहरू सहजक भई एक आपसमा सहकार्य गर्न अति आवश्यक रहेको धारणा राख्नुभएको थियो। आफ्नो पालिकाभित्र यस्ता कुलतमा फस्ने युवाहरूलाई बेलामा नै जनचेतनामूलक कार्यक्रम मार्फत सहज गर्ने वातावरण आफू तयार गर्न दिनरात लागि परेको बताएका हुन्


 त्यसैगरी पूर्वमन्त्री सुरेन्द्र चौधरी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री। केन्द्रीय महासचिव कृष्ण सिंह  वडा प्रहरी कार्यालयका बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामजनम चौधरी  लगायतले आआफ्नो धारणा एवं सुझाउ राख्नुभएको थियो! नेपाल भारत मैत्री युवा सङ्घ पर्साका अध्यक्ष शैलेन्द्रकुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नारायणी अस्पतालका फिजिसियन डक्टर निरज  सिंहले लागू औषधको बारेमा प्रस्तुति गर्नुभएको थियो भने नेपाल बार एसोसिएसनका अधिवक्ता दीपकराज भण्डारीले  लागू औषधको उद्देश्य र यसको कानुनी सजायहरूको बारेमा  जानकारी दिनुभएको थियो।  नेपाल भारत मैत्री युवा सङ्घ  केन्द्रीय सदस्य नेहा मिश्राले स्वागत मन्तव्य गरेकी थिइन् भने सहजीकरण सचिव अर्चना चौधरीले गरेकी थिइन्। कार्यक्रममा ज्ञानदा एकेडेमी प्लस टु कलेजका विद्यार्थीहरू new  वेभ माविका विद्यार्थीहरू सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले लागू औषध विरुद्धको जनचेतना अभियानमा आआफ्नो धारणा राखेका थिए।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content