वीरगञ्ज महानगरपालिका असोक वाटिका वडा नम्बर १० मा रहेको माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ्ग स्कूलका कक्षा ९ का विद्यार्थीहरूद्वारा आयोजना गरिएको शिक्षक दिवस (गुरु पूर्णिमा) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहले कार्यक्रम निकै आकर्षक र प्रेरणादायी बनेको थियो। द्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहले कार्यक्रम निकै आकर्षक र प्रेरणादायी बनेको थियो।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवको अध्यक्षतामा तथा विद्यालयका निर्देशक कामेश्वर प्रसाद श्रीवास्तवको प्रमुख आथितियामा उक्त शिक्षक दिवस अर्थात् गुरु पूर्णिमा कार्यक्रम सम्पन्न भएको हो। त्यसैगरी विशिष्ट अतिथिको रूपमा उप–प्रधानाध्यापक रेखा जैशी सहभागी हुनु भएको थियो।
कार्यक्रममा समन्वयक अम्बिका केसी अम्बिका श्रेष्ठ चन्दन साह प्रिया सिंह सुमन शाह स्नेह रौनियार लगायत विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले शिक्षकप्रति सम्मान व्यक्त गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति, कविता वाचन, नृत्य तथा सम्मान कार्यक्रम प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई टीका, फूल तथा उपहार अर्पण गर्दै सम्मान प्रकट गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य अतिथिहरूले शिक्षकको महत्त्व र भूमिका बारे प्रकाश पार्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राहुल श्रीवास्तवले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
समग्रमा, विद्यार्थीहरूद्वारा आयोजित उक्त शिक्षक दिवस कार्यक्रम सफल, अनुकरणीय तथा स्मरणीय बनेको विद्यालयले जनाएको छ।




COMMENTS