उपकार सेवा नेपालले बिरगंज महानगरपालिका वार्ड न.३० लालपर्सा स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरलाई ३थान सिलिङ्ग पंखा सहयोग गरिएको छ सेवाग्राहीहरूलाई धेरै समस्या भएको जानकारी पाएपछि ,कार्यालय प्रमुख नवराज ठकुर तथा सहायक कर्मचारी प्रभात चन्द झा लाई संस्थाकि अध्यक्ष बिध्या कुमारी सरावगीले आफ्नै निवासमा बोलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भयो ! समाज सेवी प्रकाश थारु लगायत स्थानीय भद्रभलादमी हरुको उपस्थिति रहेको थियो।
यसअघि पनि उपकार सेवा नेपालले विभिन्न दूरदराज को गाउँठाउँहरुमा पुगि असहाय निसहायहरुलाई आवश्यकता अनुसारको सहयोग गर्दै आईरहेको छ! उपकार सेवा नेपालले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेकोले यस्ता समस्या कसैलाई परेको खण्डमा तुरुन्त सहयोग उपलब्ध गराउँदा आइरहेको उपकार सेवा नेपालका अध्यक्ष सरावगीले बताएकी छिन्।

COMMENTS