पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना वास प्लान निर्माणका लागि प्राविधिक गणकको तीन दिने तालिम सुरु!!!सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा एनजिओसिसी बीरगंजको आयोजना तथा युनिसेफ नेपालको आर्थिक प्राविधिक सहयोगमा तीन दिने पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना वास प्लान निर्माणका लागि समाजिक तथा प्राविधिक गणकका लागि तीन दिने NWASH/ MlS तालिम शुरु भएको छ! सामाजिक संस्था जिल्ला समन्वय समिति एनजिओसिसी पर्साका अध्यक्ष इमब्राहिम देवानको अध्यक्षता तथा खानेपानी सरसफाई तथा स्वच्छता योजना वास प्लानका अधिकृत अन्नपूर्ण मिश्राको प्रमुख अतिथिमा सो तालिम सुरु भएको हो। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाल सरकारले २०३० बाट सबै पालिकाहरूमा वासप्लान्ट बनाउनु जुन १० वर्षीय योजना बन्न लागेको खानेपानी सरसफाई तथा स्वच्छताबाट कोही पनि नछुटुन् भन्ने उद्देश्यले दिगो विकासको लक्ष्यलाई प्राप्ति गर्न gps मार्फत डाटा सङ्कलन गर्ने घोडा र पालिकाको घरधुरी विद्यालय स्वास्थ्य संस्था खानेपानी प्रणाली इत्यादि का डाटाहरू एनवास एफबाट गणकबाट डाटा सङ्कलन गर्ने र वडा र पालिकामा डाटा प्रमाणितकरण गर्ने उद्देश्यले यो गणकहरू र प्राविधिकहरु तीन दिने तालिम आयोजना गरिएको अधिकृत मिश्राको भनाइ रहेको छ! उनले बताएअनुसार मधेस प्रदेशको १३६ मध्ये १०९ वटा पालिकाहरूमा वास प्लान टुल तयार भइसकेकोले आज दुईवटा पालिकाको गणक र प्राविधिकहरूलाई सहभागिता गराएर तालिम दिइरहेको बताएकी छिन्।

यसले पालिकाहरूमा खानेपानी सरसफाई तथा स्वच्छता योजनामा बजेट निर्माणमा ठूलो उपलब्धि हुने र सोही अनुसार बजेटहरु पनि विनियोजन गर्न सजिलो हुने भएकोले यस्ता कार्यक्रमहरू नेपाल सरकारले अहिले देशभर सञ्चालन गरिरहेको बताए! युनिसेफ नेपालका प्रोग्राम कोर्डिनेटर एवं प्रशिक्षक सुनिल शाहले तालिमको स्वागत मन्तव्य गर्ने क्रममा युनिसेफ नेपालले स्थानीय पालिकाको सहकार्यमा अहिले मधेस प्रदेशको विभिन्न पालिकाहरूमा खानेपानी सरसफाई तथा स्वच्छताको १० वर्षीय योजनाको दिगो विकास लक्ष्यलाई प्राप्ति गर्न खानेपानी सरसफाई बाट कोही पनि नछुटुन् भनेर यो १० वर्षीय गुरुयोजना बनिरहेको बताए यसले सम्पूर्ण घरधुरी विद्यालय स्वास्थ्य खानेपानी प्रणाली इत्यादिका डाटाहरू एनवास एफ बाट गणकबाट डाटा सङ्कलन गर्ने काम यस तालिमबाट सिकाइने शाहले बताएका छन् यसरी काम गर्नाले नागरिकहरूलाई खानेपानी सरसफाई तथा स्वच्छतामा सुधार आउने र नेपाल सरकारलाई सहयोग पुग्ने बताएका हुन्।


तालिममा बारा जिल्लाको पचहरौता नगरपालिका र पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका र प्राविधिक गरी २० जनाको सहभागिता रहेको छ। तालिमको उद्घाटन समारोहमा समाजिक संस्था जिल्ला समन्वय समितिका कार्यकारी निर्देशक रूपक पाण्डेको समेत विशेष उपस्थिति रहेको थियो। समाजिक संस्था जिल्ला समन्वय समिति एनजिओसिसी पर्साका अध्यक्ष इमब्राहिम देवनले यो तालिम बाट धेरै उपलब्धि हुने भएकोले ध्यान दिएर सुन्न आग्रह गर्दै उनले भने कुनै पनि योजना बिना काम सफल नहुने चाहे व्यक्तिगत योजना किन नहोस् तर लिखितम नभए पनि मस्तिकमा लेखिने भएकोले योजनाहरुलाई वर्गीकरण मार्फत अगाडि बढाएको खण्डमा सफल हुने उनको जिकिरहेको छ यो तालिम ले जीवनका लागि धेरै उपलब्धि हुने भएकोले ध्यानपूर्वक सुनेर आफ्ना सीपहरू वडा र पालिकामा पुगेर डाटा संकलन गरी कार्यान्वयन गर्नमा ठूलो मद्दत पुग्ने विश्वास आफूले लिएको अध्यक्ष देवानको भनाइ रहेको छ। कार्यक्रमको समाजिक संस्था जिल्ला समन्वय समितिका तालिम सहजीकरण दुलार चन्द साहले गर्नुभएको थियो।










COMMENTS