युनिसेफ नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समुदाय (SODCC) द्वारा जल संरक्षण सम्बन्धी लिटिल एन्जल्स boarding स्कुलका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न!!!
वीरगञ्ज। युनिसेफ नेपाल तथा सामाजिक संस्था जिल्ला समन्वय समुदाय (Social Organization District Coordination Community–SODCC) को संयुक्त आयोजनामा जल संरक्षणसम्बन्धी वडा नम्बर 24 ज्योति नगरमा रहेको लिटिल एन्जल्स boarding स्कुलका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रशिक्षक अजय पटेल र मधु चौहानले जल संरक्षणको आवश्यकता, स्वच्छ खानेपानीको महत्व, वर्षाको पानी संकलन, जलस्रोतको दिगो व्यवस्थापन तथा पानीको उचित उपयोगका विषयमा विद्यार्थीहरुलाई विस्तृत जानकारी गराएका थिए।
उनीहरूले बढ्दो जल संकट, जलवायु परिवर्तनका असर तथा भविष्यका पुस्ताका लागि पानीको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै प्रत्येक व्यक्ति, विद्यालय, समुदाय तथा स्थानीय तहले पानीको दुरुपयोग रोक्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका थिए
कार्यक्रममा विद्यार्थीहरूले जल संरक्षणका व्यावहारिक उपाय, समुदायस्तरमा सञ्चालन गर्न सकिने संरक्षण अभियान तथा जनचेतना अभिवृद्धिका विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए। लिटिल एन्जल्स boarding बोडिङ्ग स्कुलका प्रिन्सिपल सन्नी पाख्रिनले पानीको एक–एक थोपा बचाउनु नै भविष्य सुरक्षित गर्नु भएकाले सबैले आफ्नो दैनिक जीवनमा पानीको मितव्ययी प्रयोग गर्नुपर्ने सन्देश दिनु भएको थियो! प्रिन्सिपल पाख्रिनले अब पानीलाई पनि संरक्षण नगरे भोलिका दिनमा ठुलो संकट आउने भएकोले पानीलाई कसरी बचाउने भन्ने बारेमा विद्यार्थीहरुलाई यो कार्यक्रम मार्फत जानकारी गराउने काम भएको प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ! 



संस्थाले यस्ता अभिमुखीकरण कार्यक्रमले समुदायमा पानी संरक्षणप्रति सकारात्मक सोचको विकास हुनुका साथै दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने उदेश्यले यो लिटिल एन्जल्स boarding स्कुलमा कार्यक्रम आयोजना गरिएको हो! कार्यक्रममा विद्यार्थीहरु उत्साहित भएर कार्यक्रमलाई सफल पारेका थिए!



COMMENTS