रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसद्वारा शनिबार घण्टाघरमा खुल्ला रक्तदान गर्ने रक्तदान गर्न चाहने उपस्थित हुन प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवको अपिल!
रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले राउण्ड टेबल नेपालको सहकार्यमा आगामी २३ श्रावण २०८३ (८ अगस्ट २०२६), शनिबार बिहान ७ बजेदेखि वीरगञ्जको घण्टाघरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले बताएका छन् उनले बताएअनुसार कसैको एक थोपा रगतले आकालमा मृत्यु हुन लागेको व्यक्तिको जीवन बचाउन सक्ने मानवीय कार्यमा सहयोग गर्नसहयोग गर्न रक्तदाताहरूमा अपिल गरेका हुन्
बिहान ७:०० बजेदेखि सञ्चालन हुने उक्त रक्तदान कार्यक्रममा क्लबले सर्वसाधारण, युवा, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई यही सूचना मार्फत रक्तदान गरी मानवीय सेवामा सहभागी हुन हार्दिक अनुरोध अध्यक्ष श्रीवास्तवले गरेका छन् । अध्यक्ष एवं प्रिन्सिपल श्रीवास्तवका अनुसार अस्पतालहरूमा रगतको अभाव भइरहेका बेला नियमित रक्तदानले बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको बताए । “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत रक्तमा केहि अभाव न्यूनीकरण गर्न र समाजमा रक्तदानप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि रक्तदान गर्न लागिएको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ। रक्तदान गर्न इच्छुक एवं १८ वर्ष उमेर नागेका स्वास्थ्य सबै नागरिकहरूलाई रक्तदान कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य रक्तदानमार्फत कसैको जीवन बचाउने पुण्य कार्यमा सहभागी हुन अपिल गरेका छन्। आफूले दिन नसके पनि आफ्ना परिवार, साथीभाइ तथा सहकर्मीहरूलाई समेत रक्तदानमा सहभागी हुन प्रेरित गर्न अनुरोध गर्न अध्यक्ष श्रीवास्तवले आग्रा गरेका छन्!
अध्यक्ष श्रीवास्तवका अनुसार "तपाईंको एक थोपा रक्तदानले कसैको जीवनको दोस्रो अवसर बन्न सक्छ।" त्यसैले सबै नागरिकलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदान अभियानलाई सफल बनाउन सहयोग गर्न सम्पूर्ण नागरिकहरूमा आगामी २३ गते शनिबार घण्टाघरमा उपस्थित भई रक्तदान गर्न प्याप्सन महानगर अध्यक्ष एवं प्रिन्सिपल श्रीवास्तवले अपिल गरेका छन्!

COMMENTS