$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

हरि खेतान क्याम्पसका विद्यार्थीहरू उत्कृष्ट अङ्क ल्याउन सफल हुँदै आईओई प्रवेश परीक्षामा हरि खेतान बहुमुखी क्याम्पसका अमित कुमार बर्णवाललाई, पूर्ण छात्रवृत्ति प्रदान

हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी अमित कुमार बर्णवालले यस वर्षको इन्स्टिच्युट अफ इन्जिनियरिङ (Institute of Engineering–IOE) प्रवेश परी...

हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी अमित कुमार बर्णवालले यस वर्षको इन्स्टिच्युट अफ इन्जिनियरिङ (Institute of Engineering–IOE) प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउन  सफल भएका छन्। वर्णवाले  २१७औँ रैंकअंक प्राप्त गर्दै पूर्ण( छात्रवृत्ति ) प्राप्त गर्न सफल भएका हुन्।

पहिलो पटकमै उत्कृष्ट नतिजा हासिल गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका अमितको उपलब्धिलाई कलेजले गौरवपूर्ण सफलताका रूपमा लिएको छ।  यस सफलताले कलेजको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत तथा गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको कलेज परिवारको भनाइ छ।

 वर्णवालको  सफलताप्रति क्याम्पसका सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले वर्णवाललाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै देशको सक्षम इन्जिनियरका रूपमा  अगाडि बढ्न सुझाव दिएका छन्

 क्याम्पसका क्याम्पस चिफ  किशोरी राय, यादवले भने क्याम्पसका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको मेहनत र अथक प्रयासले आज यो नतिजा प्राप्त हुन सफल भएको बताए हरि खेतान बहुमुखी क्याम्पसका सञ्चालक समितिका सल्लाहकार सुरेश रुङटा, क्याम्पस प्रशासन, सञ्चालक समिति, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकहरुले आगामी शैक्षिक तथा व्यावसायिक जीवन अझ सफल तिर अगाडि बढ्न सुझाव दिँदै शुभकामना दिएका थिए। वर्णवालको सफलता व्यक्तिगत उपलब्धिमा मात्र  नभई सम्पूर्ण शिक्षक शिक्षिका एवं परिवारको साथ मेहनत, अनुशासन, लगनशील अध्ययन र गुणस्तरीय शिक्षाको समन्वयबाट उत्कृष्ट नतिजा हासिल गर्न  सफल भएको हो हरि खेतान बहुमुखी क्याम्पस विगत  वर्षदेखि नै विद्यार्थीहरूको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि आवश्यक शैक्षिक वातावरण उपलब्ध गराउँदै आएकोले यो नतिजा हासिल गर्न  सफल भएको सञ्चालक समितिका सल्लाहकार प्रकाश खेतानले जनाएका छन् । क्याम्पसले आगामी दिनमा पनि यस्ता उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी उत्पादन गर्दै शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

 बर्णवालको यो सफलता इन्जिनियरिङ अध्ययन गर्ने लक्ष्य लिएका हजारौँ विद्यार्थीहरुका लागि एउटा प्रेरणाको स्रोत बनेको हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस चिफ  किशोरी राय यादवको भनाइ रहेको छ। बीरगंजमा सामुदायिक क्याम्पसको हकमा यसअघि नेपालभरिकै तेस्रो स्थान हासिल गर्न सफल यही क्याम्पसका छात्रा भएकी थिइन् भने हामीले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई अगाडि बढाउने काममा सधैँ लागि परेको क्याम्पस चिफ यादवको भनाइरहेको छ 


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content