$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बीरगञ्जमा सामूहिक रुद्र पूजा सम्पन्न, आर्ट अफ लिभिङका विविध गतिविधिबारे स्वयंसेवक उमेश श्रेष्ठसँग अन्तर्वार्ता

बीरगञ्जमा  सामूहिक रुद्र पूजा सम्पन्न, आर्ट अफ लिभिङका विविध गतिविधिबारे स्वयंसेवक उमेश श्रेष्ठसँग अन्तर्वार्ता **बीरगञ्ज, ८ अगस्ट २०२६। श्र...

बीरगञ्जमा  सामूहिक रुद्र पूजा सम्पन्न, आर्ट अफ लिभिङका विविध गतिविधिबारे स्वयंसेवक उमेश श्रेष्ठसँग अन्तर्वार्ता

**बीरगञ्ज, ८ अगस्ट २०२६। श्रावण महिनाको पावन अवसरमा द आर्ट अफ लिभिङ, बीरगञ्जको आयोजनामा सामूहिक रुद्र पूजा श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। संकटमोचन हनुमान मन्दिर, बीरगञ्जमा आयोजित कार्यक्रममा साधक, स्वयंसेवक तथा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रममा सामूहिक रूपमा रुद्रम् पाठ तथा पूजा गर्दै विश्व शान्ति, सुख, स्वास्थ्य, समृद्धि र सकारात्मक चेतनाका लागि शुद्ध संकल्प गरिएको थियो। सहभागीहरूले गुरुदेव श्री श्री रविशंकरको दिव्य वाणीमा Long Sudarshan Kriya समेत गरेका थिए।

यसै अवसरमा आज द आर्ट अफ लिभिङका स्वयंसेवक उमेश श्रेष्ठ संग गरिएको अन्तर्वार्ताका क्रममा संस्थाका विभिन्न कार्यक्रम, उद्देश्य तथा सामाजिक गतिविधिबारे जानकारी दिनु भएको थियो ।

 तनावमुक्त व्यक्ति र हिंसामुक्त समाजको अभियान

अन्तर्वार्ताका क्रममा श्रेष्ठले सन् १९८१ मा गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापना गरिएको द आर्ट अफ लिभिङ विश्वव्यापी गैर-नाफामूलक, शैक्षिक तथा मानवीय संस्था रहेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले योग, ध्यान, श्वासप्रश्वासका अभ्यास तथा जीवनोपयोगी ज्ञानका माध्यमबाट मानिसलाई तनाव व्यवस्थापन, आत्म-जागरूकता र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्दै आएको छ।

आर्ट अफ लिभिङको आधिकारिक विवरणअनुसार संस्थाका कार्यक्रमहरू हाल १८२ देशमा सञ्चालन भइरहेका छन्, विश्वभर १०,००० भन्दा बढी केन्द्र र ३८,००० भन्दा बढी प्रशिक्षित शिक्षक रहेका छन्। संस्थाको मूल दृष्टिकोण “तनावमुक्त मन र हिंसामुक्त समाज” निर्माण गर्नु रहेको छ। सो कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिता रहेको थियो 

श्रेष्ठका अनुसार आर्ट अफ लिभिङले समाजका विभिन्न उमेर तथा वर्गलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। वयस्कहरूका लागि Happiness Program, Sahaj Samadhi Meditation, Sri Sri Yoga, Art of Silence लगायतका कार्यक्रम रहेका छन्।

विशेषगरी Happiness Program आर्ट अफ लिभिङको प्रमुख कार्यक्रम हो, जसमा Sudarshan Kriya सहित श्वासप्रश्वासका अभ्यास, ध्यान, योग तथा जीवनोपयोगी ज्ञान समावेश छन्। यसको उद्देश्य सहभागीलाई दैनिक जीवनमा तनाव व्यवस्थापन गर्न तथा शान्त, सकारात्मक र सन्तुलित जीवनतर्फ अघि बढ्न सहयोग गर्नु हो।बालबालिका तथा किशोरकिशोरीका लागि पनि आर्ट अफ लिभिङले ART Excel, YES! तथा Intuition Process जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रममार्फत बालबालिका तथा युवामा आत्मविश्वास, एकाग्रता, सिर्जनशीलता, सकारात्मक सोच, नेतृत्व क्षमता तथा जीवनोपयोगी सीप विकासमा जोड दिइन्छ।साधनासँगै सामाजिक सेवा अन्तर्वार्ताको क्रममा श्रेष्ठले आर्ट अफ लिभिङको काम योग, ध्यान र आध्यात्मिक कार्यक्रमसम्म मात्र सीमित नरहेको बताउनुभयो। संस्थाका स्वयंसेवकहरू विभिन्न शिक्षा, ग्रामीण विकास, वातावरण संरक्षण, महिला सशक्तीकरण, विपद् राहत, शान्ति तथा द्वन्द्व समाधान, कैदी पुनर्स्थापना तथा अन्य मानवीय सेवाका क्षेत्रमा समेत सक्रिय रहेको उहाँले जानकारी दिनुभयो।

व्यक्तिभित्र सकारात्मक परिवर्तन ल्याउँदै त्यसलाई परिवार, समुदाय र समाजसम्म विस्तार गर्ने उद्देश्यले स्वयंसेवकहरू सेवा गतिविधिमा जोडिँदै आएको उहाँको भनाइ थियो।*श्रावणमा रुद्र पूजाको विशेष महत्व**

श्रावण महिना भगवान शिवको आराधना, साधना र आत्मशुद्धिका लागि विशेष पवित्र समय भएकाले सामूहिक रुद्र पूजा आयोजना गरिएको आयोजकले जनाएको छ। सामूहिक श्रद्धा, मन्त्रजप र शुद्ध संकल्पका माध्यमबाट सहभागीहरूमा एकता, सद्भाव र सकारात्मक भावनाको विकास गर्ने उद्देश्य रहेको बताइएको छ।

आज सम्पन्न कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण साधक, स्वयंसेवक, भक्तजन तथा सहयोगीहरूप्रति द आर्ट अफ लिभिङ, बीरगञ्जले हार्दिक आभार व्यक्त गरेको छ।

आयोजकका अनुसार सबैको प्रेम, श्रद्धा, सेवा, समर्पण र सामूहिक प्रयासकै कारण सामूहिक रुद्र पूजा सफलतापूर्वक सम्पन्न भएको थियो!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content