$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने वीरगञ्ज महानगरपालिकालाई सफा, सुन्दर र सुरक्षित सह...


अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

वीरगञ्ज महानगरपालिकालाई सफा, सुन्दर र सुरक्षित सहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले नगरभित्र जेलिएका अव्यवस्थित इन्टरनेटका तारहरू व्यवस्थापन गर्न तीव्र सक्रियता देखाएको छ। लामो समयदेखि सहरको सौन्दर्य बिर्गार्नुका साथै आगलागी र दुर्घटनाको जोखिम बढाएका तारहरू नियन्त्रण तथा व्यवस्थापनका लागि महानगरले कडा रणनीति अपनाएको हो।

​इन्टरनेटको केबलका कारण हुन सक्ने सम्भावित आगलागी र दुर्घटना न्यूनीकरणका लागि आज वीरगञ्ज महानगरपालिका र इन्टरनेट सेवा प्रदायक (ISP) हरूबीच प्रारम्भिक छलफल सम्पन्न भएको छ। कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराको विशेष उपस्थितिमा बसेको आजको बैठकमा सो विषयमा गम्भीर मन्थनसहित थप निष्कर्ष र निर्णयका लागि आउँदो सोमबार पुनः बृहत् छलफल गर्ने निर्णय भएको महानगरले जनाएको छ।

​नगरको सुरक्षा र सौन्दर्यीकरणलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै कार्यवाहक प्रमुख इम्तियाज आलमले भन्नुभयो, "अव्यवस्थित तारका कारण सहर कुरुप बन्नुका साथै आगलागी र सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ। नागरिकको सुरक्षा र सहरको सुन्दरतासँग कुनै सम्झौता हुँदैन। यसलाई हामीले अभियानकै रूपमा अगाडि बढाएका छौँ, सोहीअनुरूप आज फलदायी छलफल भयो र सोमबार पुनः बसेर दीर्घकालीन समाधान निकालिनेछ।"

​महानगरपालिकाले सहर सुधारका लागि चालेको यो सकारात्मक र दोहोरो सुरक्षा केन्द्रित कदमको स्थानीयबासीले प्रशंसा गरेका छन्। सोमबार बस्ने बृहत् बैठकपछि सेवा प्रदायकहरूसँगको सहकार्यमा अव्यवस्थित र प्रयोगविहीन तारहरू हटाउने तथा व्यवस्थित गर्ने काम तीव्र रूपमा अघि बढ्ने महानगरले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content