वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, पर्साको ४१औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र पर्साका प्रमुख इन्जिनियर विजय महतो engineer निर्मल फौजदार engineer पवन क्षेत्री engineer वीरेन्द्र चौधरी सहायक इन्जिनियर रन्जित कुमार श्रीवास्तव लेखा प्रमुख शिवकुमार राई प्रशासन प्रमुख सुमित्रा पौडेल सहायक प्रशासन अधिकृत मुरारी उपाध्याय तथा अन्य विद्युत प्राधिकरणका कर्मचारी, पूर्वकर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वार्षिक उत्सवकाको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले वीरगञ्ज तथा आसपासका क्षेत्रमा भरपर्दो, गुणस्तरीय र नियमित विद्युत सेवा प्रवाहका लागि नेपाल विद्युत प्राधिकरणले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका थिए। विद्युत सेवा विस्तारसँगै सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन वितरण केन्द्रले थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
कार्यक्रममा वीरगञ्ज वितरण केन्द्रको स्थापना, हालसम्मको सेवा प्रवाह, विद्युत वितरण प्रणालीमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरूबारे चर्चा गरिएको थियो। विद्युत चुहावट नियन्त्रण, नियमित विद्युत आपूर्ति, प्राविधिक समस्या तत्काल समाधान तथा सेवाग्राहीका गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने विषयमा समेत जोड दिइएको थियो।
वक्ताहरूले बढ्दो जनसंख्या, औद्योगिक गतिविधि र विद्युतको मागअनुसार वितरण प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याए। साथै विद्युतको सुरक्षित प्रयोग, विद्युत दुर्घटना न्यूनीकरण तथा सेवाग्राहीमा जनचेतना अभिवृद्धि गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
वार्षिक उत्सवका अवसरमा केन्द्रमा कार्यरत कर्मचारीहरूको योगदानको समेत प्रशंसा गरिएको थियो। लामो समयदेखि विद्युत सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूले कठिन परिस्थितिमा समेत निरन्तर सेवा दिँदै आएको भन्दै उनीहरूको भूमिका महत्वपूर्ण रहेको सन्तोष कुमार झाले जानकारी दिनुभएको छ!


COMMENTS