$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीउवासङ्घबाट सशस्त्र प्रहरीका अधिकारी र वाईवा ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’ तथा प्रमाणपत्र सहित सम्मानित

 वीउवासङ्घबाट सशस्त्र प्रहरीका अधिकारी र वाईवा ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’ तथा प्रमाणपत्र सहित सम्मानित वीरगंज २ भदौ ।  सशस्त्र प्रहरी बल न...


 वीउवासङ्घबाट सशस्त्र प्रहरीका अधिकारी र वाईवा ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’ तथा प्रमाणपत्र सहित सम्मानित

वीरगंज २ भदौ । 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक उत्तर वाईवा लाई ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड कार्यक्रम २०८३’ बाट सम्मानित गरिएको हो । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उक्त अवार्डबाट अधिकारी र वाईवालाई नगद २५ हजार रुपैयाँ, सम्मान–पत्र सहित पुरस्कृत गरिएको हो । 

वीरगंज उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा. पर्साले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले अधिकारीलाई सम्मान गरेका हुन ।

अवार्ड प्रदान गर्दै संघका अध्यक्ष गौतमले सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाले सुरक्षा क्षेत्रमा पु¥याएको योगदान र राष्ट्र सेवाप्रतिको समर्पणलाई चिरस्थायी बनाउन अवार्ड कार्यक्रम संचालन गरिएको बताउनु भयो । उहाँले निजी क्षेत्र र सरकारी सुरक्षा निकायबीच आपसी सहकार्य, समन्वय र विश्वासलाई थप मजबुत बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन । 

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, उद्धार तथा नागरिक सुरक्षाका क्षेत्रमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । उहाँले सुरक्षा निकाय र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रमको समापन गर्दै सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले सशस्त्र प्रहरी कर्मचारीले संगठनको मूल्य, मान्यता र अनुशासनलाई आत्मसात् गर्दै कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले इमानदारी, निष्ठा र कर्तव्य परायणतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’ ले सशस्त्र प्रहरी कर्मचारीमा सकारात्मक ऊर्जा र जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गर्नुभयो । 

सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको वि.सं. २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत रहेकै अवस्थामा निधन भएको थियो । स्व. थपलियाको योगदान र स्मृतिलाई सम्मान गर्दै वीरगंज उद्योग वाणिज्य संघले ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’ स्थापना गरिएको हो । 

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका महासचिव शिवजीप्रसाद साह, सहसचिव नरेश टिवडेवाल, संघका प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष सञ्जय अग्रवाललगायत सशस्त्र प्रहरीका विभिन्न तहका अधिकारी, प्रहरी प्रमुख तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content