$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल एन्जल्स स्कुलमा अध्ययनरत विद्यार्थीहरूद्वारा अन्तर–सदन मेहन्दी प्रतियोगिता सम्पन्न

 लिटिल एन्जल्स स्कुलमा अध्ययनरत विद्यार्थीहरूद्वारा अन्तर–सदन मेहन्दी प्रतियोगिता सम्पन्न वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित ...


 लिटिल एन्जल्स स्कुलमा अध्ययनरत विद्यार्थीहरूद्वारा अन्तर–सदन मेहन्दी प्रतियोगिता सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स स्कुलका विद्यार्थीहरूले सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा सांस्कृतिक सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तर–सदन मेहन्दी प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयले आयोजना गरेको प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएको प्रिन्सिपल सन्नी पाख्रिङले  जानकारी दिनुभएको छ! प्रिन्सिपल पाख्रिङले  प्रतियोगितामा सहभागी विद्यार्थीहरूले हातमा आकर्षक, कलात्मक तथा विविध डिजाइनका मेहन्दी लगाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका विद्यार्थीहरूलाई बधाई दिँदै  यस्ता कलात्मक प्रतियोगिताले विद्यार्थीहरूमा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउने अवसरको रुपमा लिन सकिने बताएका थिए।

प्रतियोगिताका क्रममा विद्यार्थीहरूले परम्परागत मेहन्दी कला र आधुनिक डिजाइनलाई समेत समेट्दै आकर्षक नमुना प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले निर्धारित समयभित्र उत्कृष्ट मेहन्दी डिजाइन तयार गरी आफ्नो सिर्जनशीलता प्रदर्शन गरेका थिए।

प्रतियोगिताले विद्यार्थीहरूमा कलाप्रतिको रुचि बढाउनुका साथै सिर्जनात्मक सोच, आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ। यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको व्यावहारिक तथा कलात्मक प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको भनाइ छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मूल्याङ्कनका आधारमा विजेता घोषणा गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

लिटिल एन्जल्स स्कुलले अध्ययन–अध्यापनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। अन्तर–सदन मेहन्दी प्रतियोगिताले विद्यार्थीहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र परम्परासँग जोडिन पनि सहयोग पुगेको विद्यालयले जनाएको छ। विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूलाई उत्तिकै सहभागिता गराएर अगाडि बढाउने अवसरको रुपमा लिने गरेको प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content