अक्षरारम्भद्वारा एसईई व्याकरण क्विज मास्टर प्रतियोगिता कार्यक्रम सम्पन्न प्रथम न्यु वेभ मावि दोस्रो मनकामना मावि तेस्रो जिएचपी चौथो कादम्बरी बिजेताहरुलाई शिल्ड तथा प्रमाण पत्रद्वारा सम्मानित!!
वीरगञ्ज । मनकामना बोर्डिङ स्कुलको आयोजनामा आज आफ्नै विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूमा नेपाली तथा अंग्रेजी व्याकरणसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले अक्षरारम्भद्वारा ‘एसईई ग्रामर क्विज मास्टर’ प्रतियोगिता कार्यक्रम आयोजना सम्पन्न गरेको छ।







मनकामना बोर्डिङ स्कुलका डाइरेक्टर एवं प्रिन्सिपल पुरन प्रधानको सभापतित्व तथा सनलाइट प्लस टु कलेजका प्रिन्सिपल एवं हिसानका उपाध्यक्ष आलोक चौरसियाको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो! प्रमुख अतिथि चौरसियाले विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताएका हुन् उनले भने एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको लागि यस्ता कार्यक्रममा सहभागिता गराउनुले धेरै उपलब्धि हुने बताएका छन् । प्रतियोगिताका क्रममा विद्यार्थीहरूलाई व्याकरण, भाषा प्रयोग, शब्दज्ञान तथा विभिन्न शैक्षिक विषयसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो। यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै आफ्नो ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने र नतिजा उपलब्धि हुने आफ्नो बुझाइ रहेको चौरासियाको भनाइ रहेको छ। प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक क्विजमा सहभागितामा भाग लिएका थिए। विद्यार्थीहरूले कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै न्यु वेभ मावि प्रथम मनकामना बोर्डिङ स्कुल दोस्रो जिएचपी स्कुल तेस्रो ओम नेशनल एकेडेमी पाँचौं कादाम्बरी स्कुलका विद्यार्थीहरू भएका थिए विजेता उपविजेता तथा अन्य विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र द्वारा सम्मानित गरिएको थियो । त्यसैगरी जिएसपी स्कुलका प्रिन्सिपल ज्याक कौरले यस्ता शैक्षिक तथा ज्ञानवर्धक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउन र एसईई परीक्षाको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन 








त्यसैगरी माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तले भने यस्ता अक्षरारम्भले आगामी दिनमा पनि विद्यार्थीहरुको शैक्षिक विकास तथा क्षमता अभिवृद्धिका लागि विभिन्न प्रतियोगिता र ज्ञानवर्धक कार्यक्रम सञ्चालन गर्दै जानु पर्ने धारणा व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा मनकामना boarding school sunलाइट प्लस टु कलेज जीवन ज्योति स्कुल माउन्ट मकालु बोर्डिङ स्कुल विद्यासादन एकेडेमी new न्यु वेभ मावि मिनि ल्याण्ड miniland मावि ओम नेशनल एकेडेमी कादाम्बरी स्कुल dps डिपिएस स्कुल र एन्जल वर्ड स्कुल गरि १२ वटा स्कुलका विद्यार्थीहरूले भाग लिएका थिए! कार्यक्रममा सनलाइट प्लस टुका प्रिन्सिपल आलोक चौरसिया माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तव ओम नेसनल एकेडेमीका प्रिन्सिपल हरि श्याम ठाकुर कादाम्बरी स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्य न्यू वेभका प्रिन्सिपल सुभाष प्रधान जिएसपी स्कुलका ज्याक कौर मिनील्यान्डका स्कुलका डाइरेक्टर लालबाबु पटेल मनकामना स्कुलका सञ्चालिका संगीता प्रधान सहायक प्रिन्सिपल सुनिल यादव तथा शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको समापन समारोहमा मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल पुरन प्रधानले विद्यार्थीहरूको गुणस्तरीय शिक्षा सँगसँगै एसइइ परीक्षाका लागि विद्यार्थीहरूले कसरी तयारी गर्नुपर्ने भन्ने विषयमा १२ वटा स्कुलका विद्यार्थीहरूले उत्कृष्ट आफ्नो प्रतिभाहरू प्रस्तुति गरेर आगामी दिनमा राम्रो नतिजा ल्याउन सक्ने आफूले विश्वास लिएको धारणा राख्नुभएको थियो। उनले भने आगामी दिनहरूमा थप यस्ता अतिरिक्त क्रियाकलापहरू पूर्न सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।





COMMENTS