लिटिल बडी प्रि–स्कुलका विद्यार्थीरुको दुर्घटना बीमा सम्झौता वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वार्ड नं १० पानी ट्याङ्की स्थितमा रहेको लिटिल बडी प्रि–स्कुल र नेको इन्सुरेन्स लिमिटेडबीच विद्यार्थीहरूको दुर्घटना बीमासम्बन्धी आज औपचारिक रूपमा सम्झौता भएको छ। आजदेखि लागू हुने गरी एक वर्षका लागि विद्यार्थीहरूको दुर्घटना बीमा गर्ने सम्झौता गरिएको विद्यालयका प्रिन्सिपल विजय बलले जानकारी दिनुभएको छ।सम्झौताअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रति विद्यार्थी १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको बताका छन् । प्रिन्सिपल बलले विद्यार्थीहरूको सुरक्षा तथा आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिमलाई ध्यानमा राख्दै विद्यालयले बीमा व्यवस्था गरेको प्रिन्सिपल बलको भनाइ रहेको छ! उनले भने विद्यालय परिषद्मा मात्र नभएर नेपालको जुनसुकै ठाउँमा उक्त विद्यालयका विद्यार्थीहरू दुर्घटना भएको खण्डमा चौबीसै घण्टा विद्यालय प्रशासनलाई खबर गरी आफ्नो बीमा दाबी गर्न सक्ने व्यवस्था मिलाइएको बताए
प्रिन्सिपल बलका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै उनीहरूको सुरक्षा र भविष्यप्रति पनि विद्यालय जिम्मेवार रहेकोले दुर्घटना बीमालाई प्राथमिकतामा राखिएको हो। बीमा सम्झौताले विद्यार्थी तथा अभिभावकलाई आकस्मिक दुर्घटनाको अवस्थामा आर्थिक सुरक्षाको अनुभूति दिलाउने अपेक्षा यस बीमाले केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रिन्सिपल विजय बलले विद्यार्थीहरूको सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न विद्यालयले आगामी दिनहरुमा विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको अभिभावकहरूको पनि बिना गरिने योजना रहेको बताएका छन् नेको इन्सुरेन्सका जुनियर असिस्टेन्ट बिच आजको मितिदेखि नै लागू हुने गरी उपभोक्ता सम्झौता पत्रमा हस्ताक्षर गरिएको प्रिन्सिपल बलले बताएका हुन्! उनले भने आवश्यक सुरक्षात्मक तथा कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिनेलिटिल बडी प्रि–स्कुल र नेको इन्सुरेन्स लिमिटेडबीच भएको यो सम्झौता आजदेखि लागू भई एक वर्षसम्म कायम रहनेछ।


COMMENTS