नवदीप एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीरुको दुर्घटना बीमा नेको इन्सुरेन्स बिच सम्झौता । बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदिप एक...
नवदीप एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीरुको दुर्घटना बीमा नेको इन्सुरेन्स बिच सम्झौता । बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदिप एकेडेमी बोर्डिङ स्कुल र नेको इन्सुरेन्स लिमिटेडबीच विद्यार्थीहरूको दुर्घटना बीमासम्बन्धी औपचारिक रूपमा सम्झौता भएको छ। सावन १ गतेदेखि लागू हुने गरी एक वर्षका लागि विद्यार्थीहरूको दुर्घटना बीमा गर्ने सम्झौता गरिएको विद्यालयका प्रिन्सिपल सुशीला साहले जानकारी दिनुभएको छ।सम्झौताअनुसार विद्यालयमा अध्ययनरत पिजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको प्रति विद्यार्थी १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको बताइएका छन् । प्रिन्सिपल साहले विद्यार्थीहरूको सुरक्षा तथा आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिमलाई ध्यानमा राख्दै विद्यालयले बीमाको व्यवस्था गरिएको प्रिन्सिपल साहको भनाइ रहेको छ! प्रिन्सिपल साहले भने विद्यालय परिषद्म भित्र मात्र नभएर नेपालको जुनसुकै ठाउँमा विद्यालयका विद्यार्थीहरू दुर्घटना भएको खण्डमा चौबीसी घन्टा विद्यालय प्रशासनलाई खबर गरी आफ्नो बीमा दाबी गर्न सक्ने व्यवस्था मिलाइएको साहले बताएका हुन!
प्रिन्सिपल साहका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै उनीहरूको सुरक्षा र भविष्यप्रति पनि विद्यालय जिम्मेवार रहेकोले दुर्घटना बीमालाई प्राथमिकतामा राखदै बीमा सम्झौताले विद्यार्थी तथा अभिभावकहरुलाई आकस्मिक दुर्घटनाको अवस्थामा आर्थिक सुरक्षाको अनुभूति दिलाउने अपेक्षा यस बीमाले केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रिन्सिपल साहले विद्यार्थीहरूको सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न विद्यालयले आगामी दिनहरुमा विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको पनि बिमा गरिने योजना रहेको बताएका छन् नेको इन्सुरेन्सका प्रतिनिधि र नवदीप एकेडेमी बोर्डिङ स्कुलका सञ्चालिका सुशीला साह बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको प्रिन्सिपल साहले बताएका हुन्! साहले भने आवश्यकता अनुसार हरेक वर्ष नवीकरण गर्दै लैजाने र हाल यो सम्झौता एक वर्षसम्म कायम रहने साहले बताएका छन्!




COMMENTS