$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

हरि खेतान बहुमुखी क्याम्पसका ३० जना विद्यार्थीरुलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

हरि खेतान बहुमुखी क्याम्पसका ३० जना विद्यार्थीरुलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु   हरि खेतान बहुमुखी क्याम्पसमा अध्ययनरत  ३० ज...

हरि खेतान बहुमुखी क्याम्पसका ३० जना विद्यार्थीरुलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु 

 हरि खेतान बहुमुखी क्याम्पसमा अध्ययनरत  ३० जना विद्यार्थीहरू  राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनअन्तर्गतको संस्थागत तालिम औपचारिक रूपमा सुरु भएको छ। एनसीसी सिनियर क्याडेट तालिमका लागि छनोट भएका क्याम्पसका ३० जना छात्र–छात्राहरुको सो तालिमा सहभागिता रहेको छ!

तालिमको उद्घाटन समारोहमा  प्रमुख अतिथि प्रमुख सेनानी लोकेन्द्र कार्कीले प्रथम प्रवचन दिँदै तालिमको औपचारिक सुरुवात गर्नुभएको हो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान, क्याम्पस चिफ किशोरी राय,यादव उपसेनानी विकास मरहट्टा, शिक्षक, नेपाली सेनाका अधिकृत तथा एनसीसी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी कार्कीले युवामा अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व क्षमताको विकास गर्नु एनसीसीको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले एनसीसी तालिमले युवालाई जिम्मेवार, अनुशासित र देशप्रति समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उहाँका अनुसार विपद्का समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष र जिम्मेवार जनशक्ति तयार पार्न एनसीसी तालिम उपयोगी हुनेछ। तालिमबाट विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, शारीरिक तथा मानसिक दक्षता र सामाजिक उत्तरदायित्वको भावना विकास हुने अपेक्षा गरिएको छ।

कुल १०० दिन सञ्चालन हुने तालिममा ८९ दिन संस्थागत (इन–हाउस) तालिम र ११ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिनेछ। तालिम अवधिमा क्याडेटहरूलाई एफसीबीसी (FCBC), नक्सा अध्ययन, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोबिक्सलगायत विभिन्न साहसिक तथा व्यावहारिक गतिविधिसम्बन्धी प्रशिक्षण दिइनेछ।

तालिममा सहभागी विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा समेत सहभागी गराइने भएकाले उनीहरूको शारीरिक क्षमता, अनुशासन, नेतृत्व कौशल तथा आपत्कालीन अवस्थामा काम गर्ने क्षमतामा अभिवृद्धि हुने विश्वास गरिएको छ।

हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीको शैक्षिक विकाससँगै अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले एनसीसी कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। तालिम पूरा गरेपछि क्याडेटहरूमा राष्ट्रसेवा, सामाजिक सेवा तथा विपद् व्यवस्थापनमा योगदान पुर्‍याउने क्षमता थप विकास हुने अपेक्षा गरिएको क्याम्पस चिफ राय यादले बताएका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content