उपकार सेवा नेपालले बिरगंज वार्ड न. २ छपकैया निवासी एक जना शाररिक रूपमा पुर्ण अपाङ्गता भएको असहाय व्यक्तिलाई उपकार सेवा नेपाल तथा श्रीमती प...
उपकार सेवा नेपालले बिरगंज वार्ड न. २ छपकैया निवासी एक जना शाररिक रूपमा पुर्ण अपाङ्गता भएको असहाय व्यक्तिलाई उपकार सेवा नेपाल तथा श्रीमती पुष्पा गाडीयाको सम्पूर्ण सहयोगमा एउटा ह्विलचेयर सहयोग प्रदान गरेको छ।
उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्या कुमारी सरावगीले निज अपाङ्गता भएको व्यक्तिलाई ह्वीलचेयर हस्तान्तरण गर्नुभएको थियो। सो कार्यक्रममा संस्थाको सदस्य द्वय सुमन बगेडिया ,समाजसेवी प्रकाश थारु, राजन श्रीवस्तव, रिसु वर्मा,सुरज सर्राफ अमर सर्राफ लगायत स्थानीय भद्रभलादमी हरुको उपस्थिति थियो
यसअघि पनि उपकार सेवा नेपालले विभिन्न दूरदराज को गाउँठाउँहरुमा पुगि असहाय निसहायहरुलाई आवश्यकता अनुसारको सहयोग गर्दै आईरहेको छ!

COMMENTS