नवदिप एकेडेमीका विद्यार्थीहरुलाई जनचेतनामूलक चलचित्र ‘सरी म’म प्रदर्शनको अवलोकन
बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको नवदिप एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना जगाउने उद्देश्यले जनचेतनामूलक चलचित्र ‘सरी म म’ प्रदर्शन मा सहभागिता गरिएको छ। विद्यालयकी प्रिन्सिपल सुशीला शाहको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई लागूऔषध त्यागेर स्वास्थ्य र सुखी जीवन रोज्न प्रेरित गरिउने उद्देश्यले यो चलचित्र हेराउन विद्यार्थीहरूलाई ल्याएको बताएकी छिन् ।
कार्यक्रममा ‘लागूऔषध त्यागौँ, स्वास्थ्य र सुखी जीवन रोजौँ’ भन्ने मूल नारासहित चलचित्र प्रदर्शन गरिएको हो। चलचित्रले युवाहरूको पहिचान दुर्व्यसनमा होइन, शिक्षा, सीप र संस्कारमा हुनुपर्ने सन्देश दिएको छ। साथै, लागूऔषधबाट टाढा रहँदै परिवार र समाजलाई सुखी बनाउन विद्यार्थीहरूले पनि यस चलचित्रबाट केही शिक्षा सिक्न जरुरी रहेकोले आफूले आफ्ना विद्यालयका विद्यार्थीहरूलाई ल्याउने काम गरेको बताएकी हुन्।
यस चलचित्रबाट विद्यार्थीहरूले सही निर्णयले भोलिको सुन्दर भविष्य निर्माण गर्ने बताए। उनीहरूले लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।





विद्यार्थीहरूलाई लागूऔषधविरुद्ध सधैँ ‘होइन’ भन्न, स्वस्थ जीवनशैली अपनाउन र सकारात्मक गतिविधिमा सहभागी हुन प्रेरित गरिएको थियो। जनचेतनामूलक चलचित्र ‘सरी म’म ले लागूऔषध दुर्व्यसनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको प्रिन्सिपल शाहले व्यक्त गरेका छन्।




COMMENTS