लिटिल एन्जल्स’ स्कुलमा अन्तर सदन राखी रक्षाबन्धन बनाउने प्रतियोगिता सम्पन्न विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरे। बीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर –२४ ज्योतिनगरमा रहेको लिटिल एन्जल्स’ स्कुलमा विद्यार्थीहरूको सिर्जनशीलता, कला तथा प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले अन्तर सदन राखी अर्थात् रक्षाबन्धन बनाउने प्रतियोगिता सम्पन्न भएको हो।



विद्यालयमा आयोजित प्रतियोगितामा विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले उत्साहपूर्वक राखी अर्थात् रक्षाबन्धनमा सहभागिता जनाएको सन्नी पाख्रिनले जानकारी दिनुभएको छ। विद्यार्थीहरूले विभिन्न किसिमका आकर्षक तथा कलात्मक राखी अर्थात् रक्षा बन्धन निर्माण गरेका थिए। विद्यार्थीहरूले विभिन्न रंग, धागो, मोती, सजावटी सामग्रीलगायतहरु प्रयोग गरी आफ्नै सिर्जनात्मक सोचअनुसार राखी अर्थात् रक्षा बन्धन तयार गरेको प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ। उक्त प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता, कलात्मक सीप, धैर्यता तथा समूहगत सहकार्यको भावनाको विकास गर्ने महत्वपूर्ण योगदान पुर्याएको प्रिन्सिपल पाख्रिनले बताएका छन्। विद्यार्थीहरूले आफ्नै हातले तयार गरेको राखीमार्फत विद्यार्थीहरूले बीचको प्रेम, आत्मीयता र सद्भावको सांस्कृतिक भावनालाई समेत प्रस्तुत गरेका थिए।






प्रिन्सिपल पाख्रिनको भनाई अनुसार विद्यालयले यस्ता अतिरिक्त क्रियाकलाप गर्नाले विद्यार्थीहरूको पढाइसँगै व्यावहारिक ज्ञान, प्रतिभा र आत्मविश्वासको विकास गर्न ठुलो सहयोग पुग्ने काम भएको बताए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई विद्यालयले सम्मान तथा पुरस्कार दिएर हौसला प्रदान गरेको प्रिन्सिपल पाख्रिनले बताएका हुन् ।
कार्यक्रममा विद्यार्थीहरूमा उत्साह थप्ने उद्देश्यले विद्यालयमा यस्ता सिर्जनात्मक तथा रमाइलो वातावरण निर्माण गर्नाले विद्यार्थीहरूमा एकआपसको सद्भाव र एकात्मक सुधार गर्ने परिपाटीले विद्यालय शिक्षक–शिक्षिकाहरु र अभिभावकहरू खुसी हुने भएकोले विद्यार्थीहरूलाई यस्ता अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता गराउन अति आवश्यकता रहने प्रिन्सिपल पाख्रिङले बताएका छन्।



COMMENTS