सनसाइन इङ्लिस बोर्डिङ स्कुलमा अन्तर सदन राखी प्रतियोगिता–२०८३ सम्पन्न! विजेता उपविजेताहरूलाई विद्यार्थीहरूलाई प्रशंसा पत्रले सम्मानित
! वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा रहेको सनसाइन इङ्लिस बोर्डिङ स्कुल प्रा.लि. अध्ययनरत विद्यार्थीहरूको अन्तर सदन राखी प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। रक्षाबन्धनको अवसरलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, सिर्जनशीलता र सामूहिक भावनालाई प्रस्तुत गरेको विद्यालयका सञ्चालक अमित आलोकले जानकारी दिनुभएको छ।प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले आकर्षक तथा सिर्जनात्मक राखी निर्माण गरी आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले तयार पारेका राखीमा प्रेम, सम्मान, आत्मीयता र आपसी एकताको भावना झल्किएको विद्यालयलका संचालक अमित आलोकले जनाएका छन् ।




प्रतियोगितामा ग्रीन हाउस प्रथम, रेड हाउस द्वितीय र यल्लो हाउस तृतीय स्थान हासिल गर्न सफल भएका हुन्। उक्त प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्नुका साथै समूहमा काम गर्ने भावना, सहकार्य र सांस्कृतिक पर्वप्रतिको ज्ञान तथा सम्मान अभिवृद्धि गर्न यसले ठूलो मद्दत हुर्राउने काम गरेको बताए।
विद्यालयले यस्ता प्रतियोगिताहरुमा विद्यार्थीहरूलाई सहभागी गराउनुले उनीहरूको उनीहरूको क्षमता विकास र मेहनत, सिर्जनशीलतामा निखार आउने भएकोले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै महत्वपूर्ण ध्यान दिन आवश्यक रहेको सञ्चालक अमित आलोकको भनाइ रहेको छ! उक्त प्रतियोगितामा विजेता भएका विद्यार्थीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै अमित आलोकले बधाई एवं शुभकामना दिनुका साथै आगामी दिनहरुमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गरेर आफ्ना प्रतिभाहरू प्रस्तुत गर्न सुझाव दिनुभएको थियो। विजेता सदनहरूलाई बधाई तथा आगामी दिनमा पनि यस्ता सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता हुन!सनसाइन इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक अमित आलोकले सुझाव दिनुभएको छ।





COMMENTS